पाल बेष्ट म्युजिक अवार्ड घोषणा, चैत्रका लागि ३९ विधामा फर्म खुल्ला | Samacharpati पाल बेष्ट म्युजिक अवार्ड घोषणा, चैत्रका लागि ३९ विधामा फर्म खुल्ला – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • पाल बेष्ट म्युजिक अवार्ड घोषणा, चैत्रका लागि ३९ विधामा फर्म खुल्ला

पाल बेष्ट म्युजिक अवार्ड घोषणा, चैत्रका लागि ३९ विधामा फर्म खुल्ला

पाल बेष्ट म्युजिक अवार्ड घोषणा, चैत्रका लागि ३९ विधामा फर्म खुल्ला

काठमाडौं । नेपाली रंगमञ्चमा संगीत र फिल्मलाई लिएर बर्षेनी दर्जनौं अवार्ड समारोहहरु आयोजना हुने गरेको छ । कतिपय अवार्डहरु विवादमा तानिएका छन् भने कतिपय अवार्डहरु आफ्नै ब्राण्डका कारण आयोजना भईरहेका छन् ।
तुल्सी मिडियाले भने नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्ने घोषणा गरेको हो ।
तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले आगामी चैत्र १४ गते शनिवार अवार्डको भव्य समारोह राजधानीमा गरिने गरि तयारी शुरु भएको बताएका छन् ।

अवार्डमा ३९ वटा विधा समावेश गरिएको छ । जसमा लोक, पप, आधुनिक र फिल्म अन्तर्गत छन् । लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, संगीतकार, नायक र नायिका समावेश छन् । यस्तै फिल्मतर्फ गीत, संगीतकार, गायक र गायिका छन् । यस्तै सबै विधा अन्र्तगत नव गायक, नव गायिका, नव नायक र नव नायिका समावेश छ ।

यस्तै प्राविधिकतर्फ सबै विधा अन्तर्गत छाँयाकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकप आर्टिष्ट, रचनाकार र सम्पादक समावेश छ । यस्तै पपुलर विधा अन्र्तगत गीत, संगीतकार, गायक, गायिका, नायक र नायिका छन् । पपुलर तर्फका सबै विधामा प्रत्यक्ष भोटिङ समेत हुने तुल्सी मिडियाले जनाएको छ । यस्तै दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्ड द्धारा सम्मान गरिनेछ ।
यहि फाल्गुन ३ गतेबाट फाल्गुन २१ सम्मको लागि सबै विधामा फर्म खुल्ला गरिएको आयोजकले जनाएको छ । निशुल्क फर्मको लागि आयोजकलाई सम्पर्क गर्न सकिनेछ भने डिजिटल प्रविधि मार्फत पनि फर्म भर्न सकिने जनाएको छ ।

नेपाल बेष्ट म्युजिक अवार्डको लागि ३ जनाको जुरी तय गरिएको छ । जुरीमा रहेका सदस्यहरुलाई भने अवार्डको दिन मात्रै सार्वजनिक गरिने आयोजकले जनाएको छ । नेपाली गीत संगीतलाई प्रवद्र्धन गर्दै नेपाली साँगीतिक क्षेत्रको चलायमान र क्रियाशिलतालाई यस अवार्डले अझ बढाउने बताइएको छ ।

डिजिटल फर्म भर्नको लागि लिंक
https://docs.google.com/forms/d/1YElsw8WVcS7X1Idz9hXjMBh4i4U8RrRPKWgSAju4Ass/

आजको ट्रेन्डिङ समाचार