हुम्लामा सात हजार भन्दा धेरैले गरे स्वास्थ्य बीमा | Samacharpati हुम्लामा सात हजार भन्दा धेरैले गरे स्वास्थ्य बीमा – Samacharpati
Samacharpati
बुधबार, मंसिर २२, २०७८
बुधबार, मंसिर २२, २०७८
  • होमपेज
  • हुम्लामा सात हजार भन्दा धेरैले गरे स्वास्थ्य बीमा

हुम्लामा सात हजार भन्दा धेरैले गरे स्वास्थ्य बीमा

हुम्लामा सात हजार भन्दा धेरैले गरे स्वास्थ्य बीमा

कर्णबहादुर रोकाया, हुम्ला । हुम्ला पनि पछिल्लो समय जानी नजानी स्वास्थ्य बीमा गर्ने चलन बढ्न थालेको छ । हालसम्म सात हजारभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् ।

सरकारले देशैभरी स्वास्थ्य बीमा गर्न गराउनका लागि गाउँ गाउँका जनशक्ति परिचालन गरे पनि प्रभावकारी हुन सकेको छैन । यसका लागि आवश्यक पहल भइरहेको जानकारी स्वास्थ्य बीमा बोर्ड हुम्लाका बीमा दर्ता अधिकारी लबी रावतले जानकारी दिनुभएको छ ।

हालसम्म हुम्लाका सात गाउँपालिकामा बीमा गर्नेहरुको संख्या ७ हजार १ सय ५४ रहेको छ । यसमा महिला ३ हजार ४ सय ८५ छ भने पुरुष ३ हजार ६ सय ६९ रहेका छन् । यसै गरी सबभन्दा कम स्वास्थ्य बीमा दर्ता गराउने खार्पुनाथ गाउँपालिका रहेको छ । यसले २ सइ ६५ जनालाई मात्र यो बीमा दर्ता गराएको छ । सबभन्दा धेरै स्वास्थ्य बीमा दर्ता गराउने ताजाको गाउँपालिका रहेको छ । यसले २ हजार ४ सय ८० जनाको गराएको छ ।
गाउँ गाउँमा परिचालन गरिएका स्वास्थ्य बीमा अधिकर्ता र तिनीहरुका प्रतिनिधिका कारण स्वास्थ्य बीमा प्रभावित भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिुनभएको छ ।

स्वास्थ्य बीमा गरेर परिवारको संख्याको आधारमा एक लाखभन्दा धेरैे रकमको सेवा सुविधा लिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाबाट जानकारी प्राप्त भएको छ । हालसम्म स्वास्थ्य सेवा कार्यालय हुम्लाको जिल्ला अस्पतालबाट दुई सय जना स्वास्थ्य बीमितहरुले ४ सइय ३० पटक सेवा सुविधा लिएका छन् । विशेषतः ५० वर्षमाथिका स्वाश प्रश्वास, दम, दीर्घरोगी भएका हुम्लीहरुले यो सेवा लिएका छन् ।

आजको ट्रेन्डिङ समाचार