सप्तरीमा छतबाट खसेर २ वर्षीय बालकको मृत्यु | Samacharpati सप्तरीमा छतबाट खसेर २ वर्षीय बालकको मृत्यु – Samacharpati
Samacharpati
शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८
  • होमपेज
  • सप्तरीमा छतबाट खसेर २ वर्षीय बालकको मृत्यु

सप्तरीमा छतबाट खसेर २ वर्षीय बालकको मृत्यु

सप्तरीमा छतबाट खसेर २ वर्षीय बालकको मृत्यु

सप्तरी । सप्तरीमा छतबाट खसेर एकजना बालकको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

छतमा खेल्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता भुवनेश्वर साहले बताए ।

मृतक बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार