तेस्रो बिहे गर्ने वडाध्यक्षको जोडीलाई कैद | Samacharpati तेस्रो बिहे गर्ने वडाध्यक्षको जोडीलाई कैद – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • तेस्रो बिहे गर्ने वडाध्यक्षको जोडीलाई कैद

तेस्रो बिहे गर्ने वडाध्यक्षको जोडीलाई कैद

तेस्रो बिहे गर्ने वडाध्यक्षको जोडीलाई कैद

सुर्खेत । तेस्रो बिहे गर्ने सल्यानका एक वडाध्यक्षको जाेडीलाई अदालतले कैद सजाय सुनाइएको छ ।

बहुविवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९, का वडाध्यक्ष इन्द्रबहादुर कुमाइको जोडीलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीका अनुसार न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले वडाध्यक्ष र उनीसँग विवाह गरेकी ग्वामी विष्ट कुमाइलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला गरेको छ ।

वडाध्यक्षका घरमा दुई श्रीमती र ४ छोराछोरी छन् । मंसिर ३ गते बहुविवाह गरेका उनीहरूलाई प्रहरीले मंसिर १९ गते पक्राउ गरेको थियो ।

आजको ट्रेन्डिङ समाचार