सिमकोटमा भुस्याहा कुकुर आतंङ्क, आवतजावतमा समस्या | Samacharpati सिमकोटमा भुस्याहा कुकुर आतंङ्क, आवतजावतमा समस्या – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • सिमकोटमा भुस्याहा कुकुर आतंङ्क, आवतजावतमा समस्या

सिमकोटमा भुस्याहा कुकुर आतंङ्क, आवतजावतमा समस्या

सिमकोटमा भुस्याहा कुकुर आतंङ्क, आवतजावतमा समस्या

कर्णबहादुर रोकाया, हुम्ला । सिमकोटमा फेरी भुस्याहा कुकुरको बिग्बीगी बढदा स्थानीयहरूलाई आवतजावतमा समस्या हुन लागेको छ । बिहान बेलुका र रात्ती ओहोरदोहोर गर्नेहरूलाई समस्या भएको छ ।

वर्षेनी पटक पटक सिमकोट बजार क्षेत्रका होटल, प्रहरी तथा नेपाली सेनाको भान्साबाट निस्केको रहलपहलबाट पालिएका भुस्याहा कुकुर पनि सिमकोट क्षेत्रलाई वर्षेनी आतंङ्कित बनाउने गरेको छ । यसबाट बिहान बिहान मनिंग वाक तथा अन्य मेलापातका काम गर्न जानेहरूलाई समस्या भएको पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीले जानकारी दिनुभएको छ ।

यस्तै गरी सिमकोट बजार, यहाँ रहेका विभिन्न गाउँबाट मेलापात जाने, एसईईका लागि ट्युसन पर्ने, गाउँघरबाट तरकारी, दाउरा र अन्य कामका आउनेहरूलाई भुस्याहा कुकुरले बेला कुबेला बथानका बथान झम्टिन आउने भएकाले पनि आवतजावतमा समस्या हुनुका साथै रेविज रोगको डर देखिएको छ ।
योभन्दा पहिला स्थानीय प्रशासन, प्रहरी र स्थानीय निकायको समन्वयमा भुस्याहा कुकुरको नियन्त्रण गरिएको थियो । पछिल्लो समय यो काम हुन नसक्दा पुनः यस्तो अवस्था आएको सिमकोट खाद्दक गाउँका धर्मराज रोकायाको आक्रोस रहेको छ ।

हाल सिमकोट क्षेत्रमा करीब तीस पैंतिसको संख्यामा भुस्याहा कुकुरहरू रहेका छन् । यिनीहरू चार पाँचको संख्यामा एक दर्जन स्थानमा मोर्चा कसेर बसेकाले एक्लै जाँदा झम्पट आउने गरेका छन् । यी भुस्याहा कुकुरहरूले गर्दा बिहान बेलुका काम गर्न गाह्रो भए पनि स्थानीय प्रशासन, स्थानीय तह र अन्य सरोकारवालाहरू भूस्याहा कुकुर नियन्त्रणमा मौन देखिएका छन् ।

आजको ट्रेन्डिङ समाचार