सुप्रिया र सृष्टि ‘लिटिल मिस हेरिटेज नेपाल २०२१’ | Samacharpati सुप्रिया र सृष्टि ‘लिटिल मिस हेरिटेज नेपाल २०२१’ – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • सुप्रिया र सृष्टि ‘लिटिल मिस हेरिटेज नेपाल २०२१’

सुप्रिया र सृष्टि ‘लिटिल मिस हेरिटेज नेपाल २०२१’

सुप्रिया र सृष्टि ‘लिटिल मिस हेरिटेज नेपाल २०२१’

काठमाडौँ । ‘लिटिल मिस हेरिटेज नेपाल २०२१’को ताज सुप्रिया कोईराला र सृष्टि जिसीले पहिरिएका छन् । सुप्रियाले सिनियर र सृष्टिले जुनियर तर्फको शिर्ष उपाधि चुमेका हुन् ।

बिद्यालयमा अध्ययनरत छात्राहरुमा केन्द्रीत सोही प्रतियोगितामा सुप्रिया सापकोटा ‘मिस टिन प्लानेट नेपाल २०२०’ छानिएकी छन् । ईप्लानेट प्रा.लिको सहकार्य जेनिथ इन्टरटेन्मेन्टको आयोजना रहेको प्रतियोगितामा जेसिका फुयाल भने पब्लिक भ्युअर च्वाइस हुन सफल भइन् ।

नयाँ बानेश्वर स्थित मोजोमा आयोजित शनिबार अबेर साँझ सम्पन्न प्रतियोगिताका शिर्ष विजेताले बिभिन्न उपहार, नगदका साथमा बालबालिका सम्बन्धि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता अवसर समेत प्राप्त गरेको आयोजक जेनिथका सिइयो बिक्रम सिंह मैनालीले जानकारी दिए ।

आजको ट्रेन्डिङ समाचार