स्वास्थ्यचौकी बन्द गरेर चौकी इन्चार्ज घर लगाउन सुर्खेत | Samacharpati स्वास्थ्यचौकी बन्द गरेर चौकी इन्चार्ज घर लगाउन सुर्खेत – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • स्वास्थ्यचौकी बन्द गरेर चौकी इन्चार्ज घर लगाउन सुर्खेत

स्वास्थ्यचौकी बन्द गरेर चौकी इन्चार्ज घर लगाउन सुर्खेत

स्वास्थ्यचौकी बन्द गरेर चौकी इन्चार्ज घर लगाउन सुर्खेत

कर्णबहादुर रोकाया, हुम्ला । सर्केगाड गाउँपालिका वडा नं २ रिप गाउँमा रहेको स्वास्थ्यचौकी एक महिनादेखि बन्द रहेको छ । चौकी इन्चार्ज घर लगाउन सुर्खेत गएका छन् । अन्य कर्मचारी विभिन्न व्यक्तिगत काम देखाएर शहर पसेका छन् । यसबाट स्वाथ्यचौकी कर्मचारी विहीन बनेको छ ।

सर्केगाड गाउँपालिकाको वडा नं २मा पर्ने रिप स्वास्थ्यचौकीमा सात जनाको दरबन्दी रहेको छ । हाल कार्यरत तीन जना कर्मचारी छन् । उनीहरू पनि एक महिनाभन्दा लामो समयबाट विभिन्न काम देखाएर शहर पसेकाले दैनिक बिरामीहरू खाली हात फर्कनु परेको स्थानीयहरूले दुखेसो पोखेका छन् ।

हिउँदको समय पारी यस स्वास्थ्यचौकीका इन्चार्ज चन्द्रसिंह कार्की कार्यालय बन्द गरेर सुर्खेत घर लगाउँदै छन् भने अनमी लोकसेवा तयारीका लागि भनेर विना सूचना शहर झरेको एक महिना बढी भएको छ । यसरी स्वास्थ्यचौकी बन्द हुँदा कि तीन चार घण्टा हिंडेर सर्केगाड जानुपरेको छ भने कि दुई दिन हिंडेर सिमकोट पुग्नु परेको बाध्यता रिप गाउँका बुदे नेपालीले बताउनुभएको छ ।

हुम्लामा कार्यरत कर्मचारी हिउँदको समयलाई हनीमुन समय मान्ने भएकाले जो कोही सानाठूला कर्मचारीहरू विभिन्न प्रकारका तिगडम अपनाएर शहर झर्ने पुरानो रोग नै हो । यसैको एक निरन्तरता रिप स्वास्थ्यचौकीको उदाहरण हो ।

एक महिनादेखि स्वास्थ्यचौकी इन्चार्ज र अन्य कर्मचारीहरू स्थानीय जनप्रतिनिधिहरूलाई झोलामा हालेर नागरिकको सेवा सुविधालाई उपेच्छा गरेका छन् । संघीयतापछि पनि नागरिकको सेवा सुविधा प्रवाहमा कहिलेसम्म उपेच्छो यो सोचनिय पक्ष रहेको छ ।

आजको ट्रेन्डिङ समाचार