प्रधानन्यायाधीशको प्रश्न ‘यो सरकार कसको हो ?’ | Samacharpati प्रधानन्यायाधीशको प्रश्न ‘यो सरकार कसको हो ?’ – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • प्रधानन्यायाधीशको प्रश्न ‘यो सरकार कसको हो ?’

प्रधानन्यायाधीशको प्रश्न ‘यो सरकार कसको हो ?’

प्रधानन्यायाधीशको प्रश्न ‘यो सरकार कसको हो ?’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि जवाफी बहस सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कानुन व्यवसायीले गएको बिहीबार बहस सकेपछि आजदेखि उहाँकातर्फबाट बहस गरेका कानुन व्यवसायीले उठाएका प्रश्नको जवाफ रिट निवेदकका तर्फबाट वकिलहरुले जवाफ दिन लागेका हुन् ।

बहसको सुरुमा नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ता दीनमणि पोख्रेललाई अहिलेको सरकार कसको हो भनेर प्रश्न गर्नुभएको छ । संवैधानिक इजलासमा जवाफी बहस गरिरहेको बेला प्रधानन्यायाधीश जबराले यस्तो प्रश्न गर्नुभएको हो । जवाफमा अधिवक्ता पोख्रेलले यो सरकार नेकपाको भएको उत्तर दिनुभयो । त्यसपछि फेरि जबराले त्यसैलाई टेकेर अर्को प्रश्न गर्नुभयो, ‘यदि नेकपाको सरकार हो भने नेकपा बहुमत प्राप्त दल हो।

अनि तपाईंले धारा ७६ को दफा १ बाहेकका विकल्पबाट कसरी सरकार बन्ने अवस्था देख्नुभयो ? त्यसको जवाफमा अधिवक्ता पोख्रेलले ओलीले सरकार चलाउन नसक्ने हो भने राजीनामा दिनु पर्ने र संसदीय दलबाट विकल्प खोज्नु पर्ने बताउनुभयो ।

उहाँले सरकार बन्न सक्थ्यो कि सक्दैनथ्यो भनेर अदालतले अनुमान गर्न नमिल्ने जनाफ दिनुभयो ।

आजको ट्रेन्डिङ समाचार