बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको साधारण सभा सम्पन्न • Nepal's Trusted Digital Newspaperबुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको साधारण सभा सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको साधारण सभा सम्पन्न

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको साधारण सभा सम्पन्न

  • आइतवार, फाल्गुन २, २०७७
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको साधारण सभा सम्पन्न

पोखरा । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराको २२औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गद्र्रे पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष नारायण कोइरलाले बुद्ध विशाल बजार ब्यपारिक एशोसियसन पोखराको एक नमुन एशोसियसन रहेको बताउदै वर्तमान राजनितिक अवस्थाले व्यवसायीक साथीहरुलाई ठुलो असर पर्ने अवस्था रहेको वताउदै वर्तमान राजनितिक अवस्थाको जति सक्दो चाडो समाधान गनुपर्ने बताए ।
150588341 871814763615909 5686221686684101247 n
कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशब वहादुर खत्रीले ब्यवसायी साथीहरुको हकहितको लागी आफुले जस्तोसुकै मुल्य पनि चुकाउन तयार रहेको बताउदै ग्राहकहरुलाई गुणस्तरीय सामानहरु लिनको लागी पोखराको एक मात्र ठाँउ बुद्ध विशाल बजार रहेको बताउदै आफुलाई जुन उध्यश्यले व्यवसायी साथीहरुले पोखरा उद्योग वाणिज्य संघमा उप महासचिवमा विजयी गराउनुभएको छ त्यो उध्यश्य पुरा गर्न आफुले पोखरा उद्योग वाणिज्य संघको ढोका सधै घचघचाईरहने बताउदै आफुलाई पोखरा उद्योग वाणिज्य संघमा उप महासचिवमा विजयी गराएको सम्पुर्ण व्यवसायीहरुमा धन्यवाद दिए ।
कार्यक्रममा एशोसियसनका निवर्तमान अध्यक्ष प्रदिप मुल्मीले बुद्ध विशाल बजार ग्राहकहरुको पहिलो रोजाई रहेको बताउदै समय अनुसार बजारलाई पनि थप सुविधा सहित पुननिर्माण गरीएको बताए ।

149442808 246448973673346 8324370843189096079 n
कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यासायी संघका अध्यक्ष राजु पौडेल एशोसियसनका सल्हाकार ध्रुव रेग्मी,माधव प्रसाद सिग्देल,थोक व्यवसायी संघका अध्यक्ष टामलाल घिमिरे, कस्मेटिक व्यवसायी संघका उपाध्यक्ष दुर्गा वराल, सर्वेश्वर व्यवसायी समितीका अध्यक्ष एक नारायण पनेरु,सांघुमुख व्यवसायी संघका अध्यक्ष सुर्यराज त्रिपाठी लगाएतले साधारणसभाको सफल्ताको कामना गरेका थिए ।

149566753 802062550345688 2498525793670325383 n
कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशब वहादुर खत्री पोखरा उद्योग वाणिज्य संघको उप महासचिवमा र फेन्सी तथा रेडिमेड व्यासायी संघको कोवाध्यक्षमा थमन गुरुङ सदस्यमा शान्ति जोशी र सन्जय श्रेष्ठ हालै निर्वाचित हुनुभएको विशेष सम्मान गरीएको थियो भने पुराना व्यवसायीहरु गणेश जिसी, अनु थापा, सन्जित श्रेष्ठ र सम्झना काफ्ले रेग्मी साथै सरसफाई सयोजक राजु केसीलाई सम्मान गरीएको थियो । साथै प्लस टु र एसईमा उत्कृष्ट अकं ल्याउने व्यवसायीका छोराछोरीलाई समेत सम्मान गरीएको थियो ।

150129426 277810950430069 7202755094098983507 n
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका महासचिव ईन्द्रराज अर्याल र सचिव बुद्धी कुंवरले सन्चालन गरेको साधारणसभा तथा बनभोज कार्यक्रममा स्वागत मन्तव्य एशोसियसनका उपाध्यक्ष शिव शर्माले गरेका थिए भने खेलकुद संयोजक थमनसिह गुरुङ कोषाध्यक्ष राजु के।सी लगाएतले बोलेका थिए । कार्यक्रममा ब्यवसायीहरुले बुद्ध विशाल बजारको ब्यवसाय प्रर्वद्दनको लागी विभिन्न सुझावहरु दिएका थिए । साधारणसभा तथा बनभोज कार्यक्रममा ब्यवसायी साथीहरुको विचमा विभिन्न मनोरन्जन तथा खेलकुदका कार्यक्रमहरु समेत गरिएको थियो ।
मनोहरि पौडेल

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका