प्रति हुम्ली एक सीम, उपयोग ५० प्रतिशत मात्र | Samacharpati प्रति हुम्ली एक सीम, उपयोग ५० प्रतिशत मात्र – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • प्रति हुम्ली एक सीम, उपयोग ५० प्रतिशत मात्र

प्रति हुम्ली एक सीम, उपयोग ५० प्रतिशत मात्र

प्रति हुम्ली एक सीम, उपयोग ५० प्रतिशत मात्र

कर्णबहादुर रोकाया, हुम्ला । हुम्लाको पछिल्लो जनसंख्या अन्दाजी ५६ हजार अनुमान गरिएको छ । हालसम्म नेपाल टेलिकम हुम्ला कार्यालय पनि ५६ हजार हाराहारीमा सीम वितरण गरेको छ । यो हिसाबले प्रति हुम्ली एक सीम लिइएको देखिएको छ । प्रयोग भने ५० प्रतिशत मात्र रहेको छ ।

हुम्लामा मोबाइल सञ्चालन भएको एक दशकसम्म जे जति गतिमा मोबाइलको सीम प्रति आकर्षण बढेको छ । त्यही अनुसार गुणस्तर बढ्न नसक्दा सञ्चारमा प्रति वर्ष खर्च हुने अरबौंको रकम र हुम्लीको आवाजलाई नेपाल टेलिकमले उपेच्छा गर्दै आएको छ ।

हुम्ला बाहिरबाट पनि करीव पाँच हजार जति सीम हुम्लामा प्रयोग भएको अनुमान गरिएको छ । यी वितरित सीममध्ये ५० प्रतिशत मात्र प्रयोग आएको नेपाल टेलिकम हुम्ला शाखाका कार्यालय प्रमुख शिबप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

हुम्लीहरुले मोवाइल लगायत सञ्चार खर्चका लागि वर्षेनी अर्बौ रकम खर्च गर्दै आएका छन् । सिमकोट लगायत गाउँ गाउँमा राखिएका टावरलाई थप सुधार गरेर गुणस्तरीय सेवा सुविधाका लागि गाउँदेखि केन्द्रसम्म धाउँदा पनि सुधार नभएको गुनासो बढे पनि प्राविधिक कारणले हो भन्दै टेलिकम हुम्ला कार्यालयले टार्ने गरेको हुम्लीहरुको गुनासो रहेको छ ।

टेलिफोन तथा मोबाइलको सेवा सुविधा सुधारका लागि पटक पटक विभिन्न दबाबमुलक काम भए पनि सुधार हुन नसक्दा राष्ट्रको सञ्चार भन्ने नेपाल टेलिकमको नाराले नै गिज्याएको हुम्लीहरुले ब्यग्य गर्न थालेका छन् ।हु यस जिल्लामा वितरित ५० प्रतिशत सीम वितरित भए पनि प्रयोग बिहीन भएकाले वितरण संख्या मात्र धेरै देखिएको छ ।

आजको ट्रेन्डिङ समाचार