चैत १५ गतेदेखि पोखरा – सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुने | Samacharpati चैत १५ गतेदेखि पोखरा – सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुने – Samacharpati
Samacharpati
सोमवार, अशोज ११, २०७८
  • होमपेज
  • चैत १५ गतेदेखि पोखरा – सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुने

चैत १५ गतेदेखि पोखरा – सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुने

चैत १५ गतेदेखि पोखरा – सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुने

पोखरा । पर्यटकीय नगरी पोखरा र जीतपुर सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुनेभएको छ । यति एयरलाइन्सले आगामी चैत १५ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने भएको हो ।

आन्तिरक एवं भारतीय पर्यटक प्रवद्र्धन गर्ने लक्ष्यका साथ हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । फागु पूर्णिमादेखि सञ्चालन गरिने हवाई सेवाअन्तर्गत प्रत्येक हप्ताको आइबार, बुधबार र शुक्रबार उडान गरिने र शुरुमा प्रति यात्रु रु चार हजार ५०० को टिकट लाग्ने एयलाइन्सले जनाएकोछ । सो रुटको उडान कूल ३० मिनेटको हुनेछ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटनको राजधानी पोखरालाई मुलुकका सातवटै प्रदेशसँग सिधा हवाई सेवासँग जोड्ने अभियानअन्तर्गत पोखरा–सिमरा उडान शुरु गर्न लागेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले पोखरा सिमरा बीचको हवाई सम्पर्कले धार्मिक पर्यटनका साथै पहाड र तराई बीचको भावनात्मक एकतालाई अझै प्रगाढ बनाउनेमा जोड दिए ।

आजको ट्रेन्डिङ समाचार