टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत फाइनल आज | Samacharpati टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत फाइनल आज – Samacharpati
Samacharpati
आइतवार, मंसिर १९, २०७८
आइतवार, मंसिर १९, २०७८
  • होमपेज
  • टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत फाइनल आज

टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत फाइनल आज

टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत फाइनल आज

पोखरा । पोखरा रंगशालामा जारी प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत फाइनल शनिबार हुँदैछ । फाइनलमा पुरुषतर्फ गण्डकी प्रदेशले त्रिभुवन आर्मीको सामना गर्नेछ भने महिलातर्फ एपिएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान १ लाख ५० रुपैयाँ हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले ७५ हजार र तृतीयले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुपका महासचिव प्रकाश बरालले जानकारी दिए ।

यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिएका छन् ।

आजको ट्रेन्डिङ समाचार