भागरथी भट्टको शब ७ दिनदेखि अस्पतालमै | Samacharpati भागरथी भट्टको शब ७ दिनदेखि अस्पतालमै – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • भागरथी भट्टको शब ७ दिनदेखि अस्पतालमै

भागरथी भट्टको शब ७ दिनदेखि अस्पतालमै

भागरथी भट्टको शब ७ दिनदेखि अस्पतालमै

काठमाडौं । बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको शब ७ दिनदेखि अस्पतालमा रहेको छ । मृतक भट्टको परिवारले दोषी पत्ता नलागेसम्म नबुझ्ने अडान लिएपछि शव जिल्ला अस्पताल बैतडीको शवगृहमै राखिएको हो । हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले चिनजानका, नजिकका आफन्त, स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यसनजिक सम्पर्क भएका फोन र भागरथीको फोनलाई समेत अनुसन्धानको दायरामा ल्याएको जनाएको छ । अघिल्लो बुधवार विद्यालयबाट घर फर्कने क्रममा हराएकी भागरथीको शब बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

शवको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि ‘टेक्निकल’ र ‘म्यानुअल’ विधि प्रयोग गरिरहेको बताएको छ ।

आजको ट्रेन्डिङ समाचार