दाहाल–नेपाल समूहले बृहत् प्रदर्शन गर्दै, उपत्यकाको ५ ठाउँमा जुलुस | Samacharpati दाहाल–नेपाल समूहले बृहत् प्रदर्शन गर्दै, उपत्यकाको ५ ठाउँमा जुलुस – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • दाहाल–नेपाल समूहले बृहत् प्रदर्शन गर्दै, उपत्यकाको ५ ठाउँमा जुलुस

दाहाल–नेपाल समूहले बृहत् प्रदर्शन गर्दै, उपत्यकाको ५ ठाउँमा जुलुस

दाहाल–नेपाल समूहले बृहत् प्रदर्शन गर्दै, उपत्यकाको ५ ठाउँमा जुलुस

संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड(माधव समूह) ले आज काठमाडौंमा विरोधसभा गर्दैछ ।

विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने बताइएको छ ।शिर्ष तहका नेताहरुनै जुलुसको नेतृत्वमा खटिएका छन् ।हिजो कोटेश्वरको पेरिसडाँडामा बसेको सो समूहको बैठकमा नेता झलनाथ खनालले आजको शक्ति प्रदर्शनमा तीन लाख बढी मानिस सहभागी हुने बताएका थिए ।

उक्त समूहका अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । विभाजीत नेकपामा एक पछि अर्को गदै दुवै समूहले जनप्रदर्शन गर्न थालेका छन् ।ओली समूहले २३ गते प्रदर्शन गरेको थियो ।निर्वाचन आयोगमा रहेको दल विवाद अझै टुन्गोमा पुगेको छैन । सडकबाट नेताहरुले आफुहरु आधिकारी भएको भन्दै निर्वाचन आयोगलाई दवाव दिइरहेका छन् ।

दाहाल–नेपाल समूहको आजको प्रदर्शनमा विभिन्न ५ ठाउँबाट जुलुस निस्कनेछ । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ ।थप बिवरण आउन बाँकी छ।

आजको ट्रेन्डिङ समाचार