लेखापढी व्यवसायी संघ हुम्लामा नयाँ कार्य समिति | Samacharpati लेखापढी व्यवसायी संघ हुम्लामा नयाँ कार्य समिति – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • लेखापढी व्यवसायी संघ हुम्लामा नयाँ कार्य समिति

लेखापढी व्यवसायी संघ हुम्लामा नयाँ कार्य समिति

लेखापढी व्यवसायी संघ हुम्लामा नयाँ कार्य समिति

कर्णबहादुर रोकाया, हुम्ला । हुम्ला जिल्लामा गठन गरिएको लेखापढी व्यवसायी संघको नयाँ कार्य समिति चयन भएको छ । यो समितिमा नयाँ र पुराना गरी नौ सदस्यीय समिति बनाइएको छ । यसका साथै पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

जिल्लामा रहेका न्यायिक तथा अद्र्धन्यायिक कार्यालयहरु, स्थानीय तहका न्यायिक समिति तथा अन्य विभिन्न प्रकारका घरायसी कामकाज तथा लेनदेनका लागि गर्ने गरिने लिखतहरुको बढ्न थालेका छन् । यसैले पनि जिल्ला अदालत हुम्लाले यसलाई आधिकारी बनाउनका लागि पटक पटक लेखापढी गर्नेहरुलाई प्रमाणपत्र दिने गरेको छ । हुम्ला पनि पछिल्लो पटक यसलाई अझै राम्रो र सबैका लागि बनाउनेका लागि नन्दबहादुर रावतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको जानकारी सचिव धनराशी रोकायाले दिनुभएको छ ।

पछिल्लो समय विशेष गरेर स्थानीय तहको न्यायिक समितिमा पर्ने उजुरी, मालपोत कार्यालय हुम्लामा जग्गा कारोवारको काम, अदालत, जिल्ला प्रशासन कार्याल, प्रहरी कार्यालय र घरायसी लेनदेनको काममा लेखापढी व्यवसायबाट राम्रो आम्दानी हुने गरेको छ । यसबाट सबैका लागि कानुनी अज्ञानताको कामलाई एकातिर कम गरी सबैका लागि न्याय पुगोस् भन्ने चाहना हो भने अर्कातिर आम्दानी पनि हुने भएकाले हामी संगठित भएर लागेको अध्यक्ष रावतले बताउनुभयो ।

यसबाट एकातिर सरकारलाई काम गरे वापत कर प्राप्त हुने, न्यायिक सम्पादनमा सहयोग पुग्ने र आम्दानीको स्रोतको विविधिकरणका लागि पनि लेखापढी व्यवसायी सघको आवश्यकता रहेको महसुस गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार