मादी गाउँपालिकाको केन्द्र विवाद के हुदै छ त त्यस्तो ? | Samacharpati मादी गाउँपालिकाको केन्द्र विवाद के हुदै छ त त्यस्तो ? – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • मादी गाउँपालिकाको केन्द्र विवाद के हुदै छ त त्यस्तो ?

मादी गाउँपालिकाको केन्द्र विवाद के हुदै छ त त्यस्तो ?

मादी गाउँपालिकाको केन्द्र विवाद के हुदै छ त त्यस्तो ?

पोखरा,२६ माघ । मादी गाउँपालिकाको केन्द्र विवादको समाधान गर्न सार्वजनिक लेखा समितिले गाउँसभा बोलाउन माग गरेको छ ।

अघिल्लो साता पालिकाको सिफारिसमा प्रदेश सरकारले बेतेनी केन्द्र तोक्न केन्द्र सरकारसँग आग्रह गरेको थियो । त्यसपछि स्थानीयले अव्यवहारिक रुपमा केन्द्र सार्न लागिएको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गर्दै प्रदर्शन गरे । अहिलेसम्म पनि पालिका कार्यालय ठप्प छ । केन्द्र विवादको समस्या समाधान गर्न पालिकाको सार्वजनिक लेखा समितिले गाउँसभा बोलाउन माग गरेको छ ।गाउँपालिकाले ४ वटा विकल्प दिएर प्रदेश सरकारलाई सिफारिस गरेको थियो । पहिलो प्राथमिकतामा पठाईएको बेतेनीलाई केन्द्र बनाउन सकिने निर्णय सहित प्रदेशले संघमा पठाएको हो । त्यसपछि हाल कार्यालय रहेको याङजाकोटका स्थानीयले विरोध गरे ।

उनीहरुले पालिका कार्यालय बन्द गरिदिए भने केहि तोडफोड समेत गरेका थिए । लेखा समितिले आईतबार विज्ञप्ती जारी गरि केन्द्र सार्ने विवादपछि उत्पन्न असहज परिस्थितिको समाधान गर्न सर्वदलीय बैठक बोलाउन पनि माग गरेको छ । तालाबन्दीले दैनिक कामकाज रोकिएका छन । ।गाउँपालिका केन्द्र निर्धारण विषय निर्वाचित भएको मितिले सुरुको ६ महिनाभित्र सामान्य बहुमत र त्यसपछिको निर्धारण दुइतिहाइको बहुमतले पारित हुनुपर्ने व्यवस्था छ । स्थानीय तहको पुनःस्थापना पछि कास्कीका साविक पार्चे, नामार्जुङ, थुमाकोडाँडा, कालिकाका केही वडा, सिल्दजुरे, मिजुरेडाँडा, भाचोक, सैमराङ, माझठानाका केहि वडा र हंसपुरका केहि वडा समेटेर मादी गाउँपालिका बनाईएको हो । पालिकामा १२ वडा रहेका छन् ।(आदर्श समाज )

आजको ट्रेन्डिङ समाचार