शेषमणि आचार्यको “हामी” कविता शृंखला विमोचित | Samacharpati शेषमणि आचार्यको “हामी” कविता शृंखला विमोचित – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • शेषमणि आचार्यको “हामी” कविता शृंखला विमोचित

शेषमणि आचार्यको “हामी” कविता शृंखला विमोचित

शेषमणि आचार्यको “हामी” कविता शृंखला विमोचित

तनहुँ, २५ माघ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले स्रष्टाहरूले साहित्यमार्फत् नेतृत्वलाई निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार साहित्यकार शेषमणि आचार्यको कविता शृंखला “हामी”को विमोचन गर्दैै प्रदेश प्रमुख शेरचनले देशको समृद्धिका लागि राष्ट्रिय एकता जरुरी रहेको बताउनुभयो । राष्ट्रिय एकताका लागि नेतृत्वलाई स्रष्टाहरूले निरन्तर खबरदारी गर्नुपर्ने भन्दै प्रदेश प्रमुख शेरचनले स्रष्टाहरूले आफ्नो साहित्यमार्फत् देशलाई सही दिशामा हिँडाउन दिशानिर्देश गर्न सक्ने बताउनुभयो ।

१७६ औं नियमित काव्य शृंखला समेत रहेको कार्यक्रममा स्रष्टाहरूले खबरदारीपूर्ण विभिन्न साहित्यिक रचना वाचन गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता