प्रचण्डविरुद्ध अपहेलनाकाे मुद्दा, आज बहस हुने • Nepal's Trusted Digital Newspaperप्रचण्डविरुद्ध अपहेलनाकाे मुद्दा, आज बहस हुने • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • प्रचण्डविरुद्ध अपहेलनाकाे मुद्दा, आज बहस हुने

प्रचण्डविरुद्ध अपहेलनाकाे मुद्दा, आज बहस हुने

  • मङ्लबार, माघ २०, २०७७
प्रचण्डविरुद्ध अपहेलनाकाे मुद्दा, आज बहस हुने

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको परेको मुद्दामाथि आज बहस हुनेछ।

न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा बहस हुने सर्वोच्च अदालतले जनाएको छ । गएको शुक्रबार विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता हायूले मुद्दा दर्ता गर्नु भएको थियो । प्रचण्डले सम्बोधनका क्रममा शान्ति र न्यायका लागि जसले त्याग र बलिदान गर्‍याे उसैलाई निमेट गर्ने र अपमान गर्ने काम भएको भन्दै अदालतले फैसला नगरे नागरिकको अदालतबाट भए पनि फैसला गर्ने बताउनु भएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व चार प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीविरुद्ध पनि अपहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो ।

यो मुद्दामा अदालतले लिखित जवाफ पेस गर्न आदेश दिइसकेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका