नुवाकोटमा ओली समूह र प्रचण्ड–नेपाल समूहबीच झडप, तीनजना घाइते ,थप विवरण आउन बाँकी • Nepal's Trusted Digital Newspaperनुवाकोटमा ओली समूह र प्रचण्ड–नेपाल समूहबीच झडप, तीनजना घाइते ,थप विवरण आउन बाँकी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नुवाकोटमा ओली समूह र प्रचण्ड–नेपाल समूहबीच झडप, तीनजना घाइते ,थप विवरण आउन बाँकी

नुवाकोटमा ओली समूह र प्रचण्ड–नेपाल समूहबीच झडप, तीनजना घाइते ,थप विवरण आउन बाँकी

  • सोमवार, माघ १९, २०७७
नुवाकोटमा ओली समूह र प्रचण्ड–नेपाल समूहबीच झडप, तीनजना  घाइते ,थप विवरण आउन बाँकी

नुवाकोटमा नेकपा ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहबीच झडप भएको छ । झडपमा प्रचण्ड–नेपाल समूहका तीनजना कार्यकर्ता सामान्य घाइते भएका छन् ।ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल र ऊर्जामन्त्री टोपबहादुर रायमाझी नुवाकोट पुगेका थिए ।

केहीबेर अघि प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले बट्टार क्याम्पसअगाडि कालोझन्डा देखाई उपप्रधानमन्त्री चढेको गाडीमा ढुंगामुडा गरेपछि दुवै पक्षबीच झडप भएको थियो । आन्दोलनकारीले सडकमा टायर बालेर केपी ओली मुर्दावादका नारा लगाएका थिए । ढुंगामुडापछि पोखरेलको गाडीमा सामान्य क्षति पुगेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका स्वकीयसचिव मीनबहादुर सिंह चढेर आएको नेपाल आयल निगमको गाडीको पछाडिको भागमा भने पूर्ण क्षति पुगेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । (नयाँपत्रिका )

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका