जन्मदिनको अवसरमा निशुल्क स्वास्थ्य जाचँ | Samacharpati जन्मदिनको अवसरमा निशुल्क स्वास्थ्य जाचँ – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • जन्मदिनको अवसरमा निशुल्क स्वास्थ्य जाचँ

जन्मदिनको अवसरमा निशुल्क स्वास्थ्य जाचँ

जन्मदिनको अवसरमा निशुल्क स्वास्थ्य जाचँ

कपिलवस्तु, १६ माघ । पछिल्ला दिनहरूमा केक काटेर, पार्टि गरेर, घुमघाम गरेर वा सहयोगपेक्षी व्यक्तिहरुलाई सहयोग गरेर जन्मदिन मनाउने शैली चलिआएकै छ । रमाईलो गरेर जन्मदिन मनाउने एउटा ट्रेण्ड नै छ । तर कपिलवस्तुका गोपाल प्रसाद बन्जाडेले भने अलिक फरक शैलीमा आफ्नो जन्मदिन मनाउनुभएको छ ।

उहाँले कपिलवस्तुको खरेन्द्रपुरमा रहेको बालहंश साङ्गवेद संस्कृत गुरुकुल पाठशाला रहेका २५ जना बटुकहरुको निशुल्क स्वस्थ्य जाचँ तथा भोजनदान सहयोग गर्नुभएको छ । चेम्बर अफ कमर्स कपिलवस्तुका महासचिव, नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कपिलवस्तुका जिल्ला अध्यक्ष तथा बन्जाडे आयुर्वेद फर्मा चन्द्रौटा कपिलवस्तुका सञ्चालक समेत रहनुभएका गोपाल प्रसाद बञ्जाडे समाजिक कार्यमा अग्रसर व्यक्ति हुनुहुन्छ ।

जन्मदिनलाई सहयोग गर्ने उत्कृष्ट अवसरका रुपमा लिएको र टाढा टाढाबाट अध्ययनका लागि गुरुकुल आश्रममा बसेका बटुकहरुको स्वास्थ्य परिक्षण, भोजनदान र अध्ययनका लागि आवश्यक सामग्री वितरण गरेको बन्जाडेले बताउनुभयो । कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष महादेव पोखरेल, समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरका प्राध्यापक नारायण बन्जाडे, बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशाला खरेन्द्रपुरका प्राचार्य गोकुल प्रसाद सुवेदी, हिमालय कम्पनीका ज्ञानेन्द्र बन्जाडे लगायतले सोही अवसरमा जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार