कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने • Nepal's Trusted Digital Newspaperकांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने

कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने

  • मङ्लबार, माघ १३, २०७७
कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने

काठ्माण्डाै, १३ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गरिरहेको नेपाली कांग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार बसेको पार्टीको केन्द्रिय कार्यसमिति बैठकले माघ १९, २४ र ३० गते आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । केन्द्रिय कार्यसमितिले माघ १९ गते भ्रातृ संस्थाहरूको विरोध प्रदर्शन, २४ गते शुभेच्छुक संस्थाहरूबाट ३० गते ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने भएको छ ।

यसअघि पार्टीको पदाधिकारी बैठकले माघ १९, २४ र २७ गते विरोधका कार्यक्रम गर्ने निर्णय गर्दै त्यसलाई केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको थियो । बैठकले माघ २७ गतेको विरोध कार्यलक्रमलाई तीन दिन पछि सार्दै ३० गते पुर्याएको हो । सभापति देउवा पक्षधरले विरोधका थप कार्यक्रम गर्न इच्छुक नदेखिए पनि पौडेल समूहको जोडबलका कारण काँग्रेसले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक, आन्दोलनरत दल, सञ्चारमाध्यममाथि गरेको टिप्पणी र अभिव्यक्तिहरुप्रति आपत्ति जनाएको छ । यस्तै सोमबार बालुबाटार आगाडि नागरिक समाजका अगुवाहले गरेको प्रदर्शनमा प्रहरी दमनको विरोध गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका