तनहुँको गामी छाक्रा यूवा क्लबले वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सँगै विविध साँस्कृतिक कार्यक्रम गर्दै | Samacharpati तनहुँको गामी छाक्रा यूवा क्लबले वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सँगै विविध साँस्कृतिक कार्यक्रम गर्दै – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • तनहुँको गामी छाक्रा यूवा क्लबले वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सँगै विविध साँस्कृतिक कार्यक्रम गर्दै

तनहुँको गामी छाक्रा यूवा क्लबले वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सँगै विविध साँस्कृतिक कार्यक्रम गर्दै

तनहुँको गामी छाक्रा यूवा क्लबले वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सँगै विविध साँस्कृतिक कार्यक्रम गर्दै

तनहुँ,१२ माघ । शुक्लागण्डकी नगरपालिका वडा नं. ११, गामी छाक्रा यूवा क्लबले आफ्नो प्रथम बार्षिकत्सव तथा ऋषिपञ्चमीको अवसरमा माघ ३० गतेदेखि वडास्तरीय पुरुष भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । यो कार्यक्रम फागुन ४ गतेसम्म सञ्चालन हुने छ ।

राष्ट्रिय खेल भलिबलको संरक्षण गर्ने, खेलकुदको माध्यमबाट गाँउको पहिचान गराउने, गाँउको विकासलार्इृ प्राथमिकतामा राखेर गाँउलाई नमुना गाँउ बनाउने, खेलकुदको माध्यमबाट स्वाथ्यमा सहयोग पु¥याउने, सस्कृतिको जर्गेना गर्नेे उद्देश्यहरुको साथ उक्त कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष लक्ष्मण अर्यालले बताउनुभयो ।उक्त कार्यक्रम मा भलिबल प्रतियोगिता तर्फ प्रथम, द्धितिय, तृतिय स्थान हासिल गर्ने टिमले क्रमशः रु.४०,०००, रु.२५,०००, रु.१५,००० सँगै कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै सान्तवना हुने टिमले रु. ५,००० सँगै मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । खेलमा उत्कृष्ट प्लेयर, स्पाईकर, लिफ्टर र ब्लकर छनोट गरी सम्मान गरिनेछ । टिम दर्ता शुल्क रु. ४,००० रहेको छ । खेल शुद्ध वडा स्तरीय भएकोले खेलाडिको पहिचानका लागि आफ्नो पहिचान खुल्ने परिचय पत्रः नागरिकता खेलाडिले अनिवार्य देखाउनुपर्ने क्लबका उपाध्यक्ष शिखर कार्कीले बताउनुभयो ।

कार्यक्रम आयोजना गर्दादेखि सम्पन्न हुदासम्म विभिन्न व्यक्ति, संघ–सस्थाको भौतिक, आर्थिक, नैतिक सहयोगको आवश्यकता पर्ने हुदा विगतका दिनहरुमा जस्तै यस कार्यक्रमलाई पनि सफल पार्नका लागि खटिरहनु भएको गामी छाक्रा आमा समुह, गामी छाक्रा टोल विकास समिती, जन जागृति यूवा क्लबका पदााधिकारीहरु प्रति अग्रिम हार्दिक धन्यवाद र सम्पूर्ण गाँउबासी, देश विदेशमा रहनुहुने सम्पूर्ण प्रति सहयोगको अपेक्षा रहेको क्लबका सचिव सफल लम्सालले बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार