प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही,यता ओलीले भने पशुपतिनाथमा सवा लाख दीप प्रज्वलन गरे • Nepal's Trusted Digital Newspaperप्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही,यता ओलीले भने पशुपतिनाथमा सवा लाख दीप प्रज्वलन गरे • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही,यता ओलीले भने पशुपतिनाथमा सवा लाख दीप प्रज्वलन गरे

प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही,यता ओलीले भने पशुपतिनाथमा सवा लाख दीप प्रज्वलन गरे

  • सोमवार, माघ १२, २०७७
प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही,यता ओलीले भने पशुपतिनाथमा सवा लाख दीप प्रज्वलन गरे

काठमाण्डौ,१२,माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो । बैठकपछि संचारकर्मीसँग बोल्दै नेता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्षसमेत रहेका ओलीलाई पार्टी अनुशासन उलङ्घन गरेकोले कारबाही गरेको बताउनुभयो ।त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन गर्नुभएको छ । विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्प गर्दै उहाँले पशुपतिनाथमा पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिनुभयो ।

उहाँले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिनुभयो । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न उहाँले कोषका पदाधिकारीलाई निर्देशन पनि दिनुभएको छ।विशेष पूजाका अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई तथा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल लगायत सहभागी थिए।पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गरेका थिए।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका