बागलुङमा जिप दुर्घटना हुदाँ ५ जना यात्रुहरु घाईते | Samacharpati बागलुङमा जिप दुर्घटना हुदाँ ५ जना यात्रुहरु घाईते – Samacharpati
Samacharpati
मङ्लबार, साउन १२, २०७८
  • होमपेज
  • बागलुङमा जिप दुर्घटना हुदाँ ५ जना यात्रुहरु घाईते

बागलुङमा जिप दुर्घटना हुदाँ ५ जना यात्रुहरु घाईते

बागलुङमा जिप दुर्घटना हुदाँ ५ जना यात्रुहरु घाईते

बाग्लुङ, ११ माघ । जिल्ला बाग्लुङ नगरपालिका ५ स्थित मालिकामा जिल्ला म्याग्दी बेनी बजारबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ ज ६७४४ न को जिप सडकदेखि अन्दाजी १० मिटर तल खस्दा दुर्घटना हुँदा हुन् पुगेकाे छ ।

जिप दुर्घटनामा जिल्ला म्याग्दी बेनी नगरपालिका २ गौस्वराका  ५ जना यात्रुहरु घाईते भएका छन् । घाईते हुने जिल्ला म्याग्दी बेनी नगरपालिका २ गौस्वरा बस्ने वर्ष ३० की टिका कुमारी रिजाल अवस्था मध्यम रहेकाे छ ।

बेनी नगरपालिका २ गौस्वरा बस्ने ५५ वर्षिय गंगा रिजाल,  ४० वर्षिय कमला कुमारी रिजाल,  १६ वर्षिय कुशुम रिजाल,  ४४ वर्षिय  भवानी खत्री खड्का रहेका छन्  उनीहरूकाे अवस्था सामान्य रहेकाे छ ।

घाईतेहरूलाई  उपचारको लागि धवलागिरी अञ्चल अस्पताल बाग्लुङमा पठाइएको छ । घटनास्थलमा   प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार