नवलपरासी पूर्व पश्चिम राजमार्गमाबाट लागूऔषध सहित तीन जना युवक पक्राउ | Samacharpati नवलपरासी पूर्व पश्चिम राजमार्गमाबाट लागूऔषध सहित तीन जना युवक पक्राउ – Samacharpati
Samacharpati
मङ्लबार, साउन १२, २०७८
  • होमपेज
  • नवलपरासी पूर्व पश्चिम राजमार्गमाबाट लागूऔषध सहित तीन जना युवक पक्राउ

नवलपरासी पूर्व पश्चिम राजमार्गमाबाट लागूऔषध सहित तीन जना युवक पक्राउ

नवलपरासी पूर्व पश्चिम राजमार्गमाबाट लागूऔषध सहित तीन जना युवक पक्राउ

नवलपरासी, ११ माघ । जिल्ला नवलपरासी पूर्व विनयी त्रिवेणी गाँउपालिका १ दुम्किबास बजारस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका बसमा प्रहरीले चेक गर्दा लागूऔषध सहित तीन जना युवक  पक्राउ परेका छन् ।

विनयी त्रिवेणी गाँउपालिका १ दुम्किबास बजारस्थित पूर्व पश्चिम राजमार्गमा खटिएको  प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ख ४०३४ नम्बरको सुनौलीबाट पोखरा आउँदै गरेको बसलाई चेकिङ गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कास्की पोखरा महानगरपलिका ६ बस्ने वर्ष १९ को विशेक परियारले बोकेको झोलाबाट नोफिन ४६ एम्पुल, फेनारगन ४६ एम्पुल, डाईजोपाम ४६ एम्पुल र वर्ष १९ को रहन सुनारले बोकेको झोलाबाट नोफिन ५० एम्पुल, फेनारगन ५० एम्पुल, डाइजापम ५० एम्पुल, जिल्ला नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका ७ बस्ने वर्ष १९ को आकाश गुरुङले बोकेको
झोलाबाट चरेस जस्तो देखिने ४ पुरिया, १९/६६ ग्राम लागु औषध र सुकेको गाँजा ८१/५ ग्राम लागूऔषध सहित तीन जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । उनिहरू माथि थप अनुसन्धान कार्य  भइरहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार