अल्लो उद्योगका लागि एक करोड लगानी आशा लाग्दो भविष्य | Samacharpati अल्लो उद्योगका लागि एक करोड लगानी आशा लाग्दो भविष्य – Samacharpati
Samacharpati
शनिबार, साउन ९, २०७८
  • होमपेज
  • अल्लो उद्योगका लागि एक करोड लगानी आशा लाग्दो भविष्य

अल्लो उद्योगका लागि एक करोड लगानी आशा लाग्दो भविष्य

अल्लो उद्योगका लागि एक करोड लगानी आशा लाग्दो भविष्य

कर्णबहादुर रोकाया, हुम्ला, ११ माघ । जनयुद्धमा गएर जनकलाकारको रुपमा चिनिएका सुझाब ढकालको आजभोलि अर्को परिचय हो अल्लो कपडा उद्यमी । उनले गाउँघर वरपर हुने खेर गएको अल्लो संकलन गरी हजारौं मिटर अल्लाको कपडा उत्पादन गरेर व्यावसायिक प्रयासका लागि संघर्ष गर्दै छन् ।

हालसम्म उनले तीन हजार मिटर अल्लो उत्पादन गरिसेकेका छन् । कला र गलासँगै सीप र प्रविधिको प्रयोग गरेर विभिन्नस्तरबाट जम्मा गरिएको एक करोड जति लगानी गरेर मन्डाल्नी अल्लो उद्योग वि सं २०७२ मा दर्ता गएर कहिले सदरमुकाम सिमकोटतिर त कहिले गाउँमा नै उद्योग सञ्चालन गरेर गाउँघरका युवाहरुका लागि नयाँ आशाको किरण
देखाउने प्रयासमा रहेको जानकारी अदानचुली गाउँका सञ्चारकर्मी डबलबहादुर महताराले दिनुभएको छ ।

स्थानीयस्तरमा हुने गरेको अल्लोलाई संकलन गरेर स्थानीय र बाहिरबाट सीपालु ल्याएर हालसम्म हजारौं मिटर अल्लोको कपडा उत्पादन गरिएको छ । अल्लोलाई पूर्ण रुपमा कपडा बुनाईमा प्रयोग गर्न गाह्रो भएकाले पनि अन्य सुती कपडा मिसाउनु पर्ने बाध्यता रहेको देखिन्छ ।

२०७० सालमा शिक्षक हुँदै आफुमा सानो भए पनि उद्यमी बन्ने चाहना पलाएको हो । आफुले जनयुद्धपछि पुनःबहाली भएको शिक्षक पेशालाई विदा गरेर मन्डाल्नी अल्लो कपडा उद्योग दर्ता गरेर स्थानीयस्तरमा खेर गएको साधन स्रोतलाई प्रयोग गरेर हालसम्म हजारौं मिटर अल्लोको कपडा बनाएर बेची सकेको जानकारी उक्त उद्योगका प्रोप्राइटर मनलाल जैसी उर्फ सुझाव ढकालले जानकारी दिनुभएको छ ।

हालसम्म यो उद्योगमा एक करोडभन्दा धेरै लगानी भएको छ । जसमा उद्यमी आफैले ८७ लाख लगानी गरेका छन् भने १३ लाखको भौतिक सुविधा सरकारबाट प्राप्त गरेका छन् । पहिलो चरणमा सदरमुकाम सिमकोटमा नै उद्योग सञ्चालन गरिए पनि आार्थिक, प्राविधिक तथा जनशक्तिको अभावले हाल उक्त उद्योग अदानचुली गापामा नै सञ्चालन गरिएको छ ।

हालसम्म ३५ सय मिटर अल्लोको कपडा उत्पादन भएको छ । यसका लागि एक सय क्वीन्टल स्थानीय अल्लो प्रयोग भएको छ । हाल यो उद्योगमा सात जनाले रोजगार पाएका छन् । जसमा पाँच महिला र दुई जना पुरुष रहेका छन् । उनीहरुले प्रति मिटर कपडा बुने वापत ३ सय ४२ पाउने गरेका छन् । यो कपडाबाट करीब पाँच सय थान कोटको कपडा बिक्री गरिसकेका छन् ।

आजको ट्रेन्डिङ समाचार