जनगणनाका लागि भर्ना खुल्यो,लुम्बिनीमा कम्युनिस्टको लडाँई,सातै प्रदेशमा आज कोरोनाको खोप पुग्दै • Nepal's Trusted Digital Newspaperजनगणनाका लागि भर्ना खुल्यो,लुम्बिनीमा कम्युनिस्टको लडाँई,सातै प्रदेशमा आज कोरोनाको खोप पुग्दै • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • जनगणनाका लागि भर्ना खुल्यो,लुम्बिनीमा कम्युनिस्टको लडाँई,सातै प्रदेशमा आज कोरोनाको खोप पुग्दै

जनगणनाका लागि भर्ना खुल्यो,लुम्बिनीमा कम्युनिस्टको लडाँई,सातै प्रदेशमा आज कोरोनाको खोप पुग्दै

  • आइतवार, माघ ११, २०७७
जनगणनाका लागि भर्ना खुल्यो,लुम्बिनीमा कम्युनिस्टको लडाँई,सातै प्रदेशमा आज कोरोनाको खोप पुग्दै

सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ ।करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ ।स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने छन् । तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने विभागले जनाएको छ ।केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविन लाल श्रेष्ठले मध्यावधि निर्वाचनले जनगणना प्रभावित नहुने बताए । उनले जनगणनाका लागि चार अर्ब बजेट आएको र त्यसमध्ये दुई अर्ब चालु आर्थिक वर्षमा र बाँकी दुई अर्ब खर्च हुने जानकारी दिए ।

लुम्बिनी प्रदेश कम्युनिस्टहरूको ‘गढ’ मानिन्छ । साविक तीन अञ्चल मिलेर बनेको लुम्बिनी प्रदेशमा राप्ती र भेरीमा पूर्व माओवादी र लुम्बिनी अञ्चललाई पूर्व एमालेले आफ्नो ‘आधार इलाका’ को रूपमा लिने गर्छन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी विभाजन नेकपाको दुवै समूहको ध्यान अहिले कार्यकर्ता तान्न लुम्बिनी प्रदेशमा केन्द्रित छ । नेकपाको ओली समूह र प्रचण्ड–नेपाल दुवै समूहमा लाग्ने दोस्रो तहका प्रभावशाली नेताहरूको गृहजिल्ला पनि यही प्रदेशमा पर्छ । दुवै समूहका नेताहरू जिल्ला–जिल्लामा सभा र अगुवा कार्यकर्ता भेला गरी कार्यकर्ता तान्ने होडमा छन् । उनी विभिन्न जिल्लामा अड्डा नै जमाएर बसेका छन् ।विगतको निर्वाचनमा यसै प्रदेशबाट नेकपाका सांसदहरू धेरै विजयी भएको कारण कम्युनिष्ट ‘गढमा दुवै समूहले आँखा लगाउनु स्वाभाविक भएको राजनीतिक विश्लेषकहरू तर्क गर्छन् । दोस्रो तहका नेताहरू सभा र भ्रातृ संगठनका भेला सकेर कार्यकर्ता तान्न अध्यक्षलाई नै उतार्ने प्रतिस्पर्धामा लागेका छन् ।(लोकान्तर )

सरकारले अनुदान स्वरुप पाएको कोरोना विरुद्धको खोप आजदेखि सात वटै प्रदेशमा पठाउने भएको छ ।भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सात वटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । उनका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिने र आजसम्म सबै प्रदेशमा खोप पुग्नेछ ।पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३ सय विभिन्न अस्पतालबाट खोप लगाइने सरकारको तयारी छ ।यसैबीच गण्डकी प्रदेशलाई खोप लिन पोखराबाट पठाईएको ‘रेफ्रिजेरेटर भ्यान’ आज पोखरा आउँदैछ । गण्डकी प्रदेशका फ्रन्टलाइनरलाई लगाउने खोप लिएर भ्यान आज आइतबार साँझसम्म पोखरा आइपुग्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख शम्भुप्रसाद ज्ञवालीले जानकारी दिए ।ज्ञवालीका अनुसार प्रदेशका लागि कति खोप पठाईन्छ भन्ने अझै यकीन भइसकेको छैन । गण्डकी प्रदेशले ४० देखि ४५ हजार डोज खोप पाउने अनौपचारिक जानकारी आएको प्रदेशका अर्का उच्च स्वास्थ्य अधिकारीले बताए ।

बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५ सय ६७ मिटर लामो झोलुंगे पुललाई गिनिज बुकमा दर्ता गर्ने प्रक्रिया सुरु भएको छ ।विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई गिनिज बुकमा राख्ने प्रक्रिया थालिएको हो ।पुल यही माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौंले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो । पुललाई निर्माणपश्चात् विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रिया थाल्न खोजे पनि कोरोना भाइरसका कारण उद्घाटन र हस्तान्तरण हुन नसक्दा ढिलाइ भएको थियो । सुरुमा नेपालकै लामो झोलुङ्गे पुल ९सिङ्गल स्पान०भनेर निर्माण गरे पनि पछिल्लो समय यस्तो प्रकारको पुल विश्वकै लामोमा पर्ने बागलुङ नगरपालिकाको दावी छ ।tandav

अनुकुल मौसममा समेत हिउँ पर्न छोडेपछि मुस्ताङको थासाङ गाउँपालिका(३ लेत कालोपानीबासीले शनिबार नजिकैको सलनकुना जंगलको पूजाथानमा धार्मिक परम्परा अनुसार हिउँको पूजाआजा गरेका छन् ।लेते कालोपानीका गाउँ मुखिया रविन्द्र तुलाचनको पहलमा स्थानीयले हिउँको कामना गर्दै पूजाआजा गरेका हुन् ।मौसम अनुसार हिउँदयामको हिउँ मुस्ताङका किसानका लागि बरदान सावित हुनेगर्छ । हिउँदयामको हिउँले कृषकले लगाएको अन्नबालीलाई फाइदा पुग्ने भएपनि यसवर्ष अनुकुल मौसममा समेत हिउँ नपर्दा मुस्ताङका किसान चिन्तित बनेका हुन् ।(अन्नपुर्ण )

प्रतिनिधिसभा विघटनबारे सुनुवाइ जारी रहेको संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै कानुन व्यवसायीले प्रश्न उठाएका छन् ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले खुलेआम अदालतको अवहेलना गरेको भन्दै इजलासको ध्यानाकर्षण गराएका थिए । उनले प्रधानमन्त्रीले सार्वजनिक मञ्चहरूमा सर्वोच्च अदालतको विषयमा हस्तक्षेप हुनेगरी अभिव्यक्ति दिइरहेको बताएका थिए ।जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बजारका कुरा सुनिसाध्य नभएको बताए । उनले इजलासमा उठेका विषय मात्रै सुन्ने जवाफ दिएका थिए ।अहिले बजारमा थुप्रै विषय आएका छन् । बजारको कुरो सुन्यो भने सबैलाई यहीँ ल्याएर जम्मा गर्नुपर्ने अवास्था छ । वर्तमान, पूर्व सबैलाई यहाँ नै ल्याएर जम्मा गर्नुपर्ने अवस्था छ, फेरि ठाउँ नहोला,ु जबराले भने ।प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको विषयलाई लिएर तमासा भइरहेको अभिव्यक्ति दिएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका