काठमान्डाैँ, ११ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।
आज राती देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।