आजकाे मौसम:- पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperआजकाे मौसम:- पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे मौसम:- पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना

आजकाे मौसम:- पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना

  • शनिबार, माघ १०, २०७७
आजकाे मौसम:- पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना

काठमान्डाैँ, १० माघ । हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका सुदुर-पश्चिम, गण्डकी, बाग्मति र प्रदेश न. १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर  सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती  प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेकाे छ ।

आज राती सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका