कावासोतीबाट बाग्लुङका २ युवक लागूऔषध सहित पक्राउ | Samacharpati कावासोतीबाट बाग्लुङका २ युवक लागूऔषध सहित पक्राउ – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • कावासोतीबाट बाग्लुङका २ युवक लागूऔषध सहित पक्राउ

कावासोतीबाट बाग्लुङका २ युवक लागूऔषध सहित पक्राउ

कावासोतीबाट बाग्लुङका २ युवक लागूऔषध सहित पक्राउ

नवलपरासी,९ माघ । कावासोती नगरपालिका ८ खरकट्टा जंगलस्थित पूर्व पश्चिम राजमार्गमा आज लागूऔषध सहित २ जना युवक पक्राउ परेका छन् ।

कावासोतीकाे खरकट्टा जंगलस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ध १ प ५६९१ नं को मोटरसाइकललाई प्रहरीकाे चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा नुर्फिन १०० एम्पुल, डाईजेपाम १०० एम्पुल र फेनरागन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागु औषध सहित ति युवकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

पक्राउ पर्नेमा बाग्लुङ जिल्ला  बाग्लुङ नगरपालिका २ बस्ने  २२ वर्षिय मोटरसाइकल चालक  संगम बस्याल र बाग्लुङ काठेखोला गाउँपालिका १  बस्ने  २२ वर्षिय  जीवन के सी रहेका छन् ।

घटनाका विषयमा  प्रहरीले  थप अनुसन्धान गरीरहेको छ ।

आजको ट्रेन्डिङ समाचार