संसद विघटनको निर्णयले संवैधानिक ‘कु’भयो, सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक • Nepal's Trusted Digital Newspaperसंसद विघटनको निर्णयले संवैधानिक ‘कु’भयो, सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • संसद विघटनको निर्णयले संवैधानिक ‘कु’भयो, सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक

संसद विघटनको निर्णयले संवैधानिक ‘कु’भयो, सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक

  • बुधबार, माघ ७, २०७७
संसद विघटनको निर्णयले संवैधानिक ‘कु’भयो, सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक

ताजा जनादेश उपयुक्त :- कमल थापा

काठमाडौं, ७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक रहेको टिप्पणी गर्नुभएकाे छ । अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनको निर्णयले प्रतिगमन भएको बताउनुभएकाे छ ।

अध्यक्ष थापाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै प्रतिगमन भयो, संवैधानिक ‘कु’भयो,सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक रहेको बताउनुभएकाे छ ।

अध्यक्ष थापाले विगत १४ बर्षको राजनीतिक अभ्यास, संविधानभित्रको अन्तर्विरोध, भ्रष्टाचार र कुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्न चिन्ह उठेको र यस्तो अवस्थामा ताजा जनादेश उपयुक्त रहेको बताउनुभएकाे छ ।

अध्यक्ष थापाले लेख्नुभएकाे छ, “प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक छ, तर विघटनको निर्णयले प्रतिगमन भयो, संवैधानिक ‘कु’भयो,सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ । बरु विगत १४ बर्षको राजनीतिक अभ्यास,संविधानभित्रको अन्तर्विरोध,भ्रष्टाचाररकुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह उठेकोछ । यस्तो अवस्थामा ताजा जनादेश उपयुक्त हुन्छ ।”

received 130393675578505

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका