संगीतकार तथा लोकगायक रत्न बानियाँको उपचारकाे क्रममा निधन | Samacharpati संगीतकार तथा लोकगायक रत्न बानियाँको उपचारकाे क्रममा निधन – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • संगीतकार तथा लोकगायक रत्न बानियाँको उपचारकाे क्रममा निधन

संगीतकार तथा लोकगायक रत्न बानियाँको उपचारकाे क्रममा निधन

संगीतकार तथा लोकगायक रत्न बानियाँको उपचारकाे क्रममा  निधन

काठमाडौँ, ७ माघ । संगीतकार तथा लोकगायक रत्न बानियाँको राजधानीस्थित ओम अस्पतालमा  उपचारकाे क्रममा निधन भएकाे छ ।  स्याङजा फेदिखाेलामा जन्मनुभएका लोकगायक रत्न बानियाँ लामाे समय देखि आफ्नो परिवार सँग  राजधानि काठमान्डाैँमा बस्दै आउनुभएकाे थियाे ।

ग्रामीण जनजीवनलाई लोकलयमा ढालेर जीवन्त रुपमा उतार्ने लोकसंगीतका सर्जक रत्न  बानियाँको करिब दुई वर्षअघि मिर्गौला फेल भएको थियो ।

सुगर तथा ब्लड प्रेसरकाे समेत बिरामी रहनुभएका बानियाँको ५८ वर्षको उमेरमा  ओम अस्पतालमा नै उपचारको क्रममा निधन भएको हो ।

तीन दशकभन्दा लामो समयसम्म लोकसंगीतमा बिताउनुभएका बानियाँले गाउँबेसी, लाहुरेका कथा तथा लोकभाकाहरुलाई आफ्नो संगीत सिर्जनामामा ढाल्नुभएकाे छ । ‘घर छोडेर जाने बेलामा’, रोई बाँच्नुभन्दा’, ‘छैन ठेगाना’, ‘छैन जानु कहीँ’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी’, ‘हरियो बेलपत्र’ जस्ता उहाँका गीतहरुमा लाहुरे जीन्दगीका कथा, पारिवारिक विछोड तथा जीवन भोगाइका मर्मस्पर्शी भोगाइहरु समावेश भएका छन् ।

रत्न बानियाँका  श्रीमती , एक छाेरी, दुई छोरा रहेका छन् । बानियाँको निधनले लोकसंगीतले एक अभिभावक तथा मूर्धन्य व्यक्तित्व गुमाएको सर्जक एवं ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ का अध्यक्ष रमेश बिजीले बताउनुभएकाे छ । बानियाँको  आफन्तहरूकाे साहायतामा आज बुधबार  पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ  ।

आजको ट्रेन्डिङ समाचार