‘गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ’:-माधव नेपाल • Nepal's Trusted Digital Newspaper‘गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ’:-माधव नेपाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ’:-माधव नेपाल

‘गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ’:-माधव नेपाल

  • बुधबार, माघ ७, २०७७
‘गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ’:-माधव नेपाल

काठमाडौं, ७ माघ । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)का अध्यक्ष माधव कुमार नेपालले केपी ओली र माधव नेपाल उस्तै–उस्तै हुन् भन्दा आफूलाई पोल्ने बताउनुभएकाे छ ।

बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा माधव नेपालले ‘केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ ।’ भन्ने कुरा जनाउनुभएकाे छ ।

माधव नेपाल आफूले गल्ती गरेको भए स्वीकार्न तयार रहेको बताउँदै  भन्नुभयाे, ‘गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ।’

जम्मै नेता उस्तै हुन् भनेर नकारात्मक भ्रम फैलाइएको बताउँदै उहाँले समाजमा राम्रा मान्छेहरु पनि रहेको बताउनुभएकाे छ । सबै नेता खराब नरहेकाे राम्रा र समाजकाे हितमा काम गर्ने नेता पनि समाजमा रहेकाे सबैलाइ खराब प्रवृतिकाे दर्जा दिनु गलत भएकाे जिकिर गर्नुभयाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका