जिल्ला प्रहरी कार्यालय नवलपरासीद्धारा “हिरासतमा किताब” नामक कार्यक्रमको उद्‌घाटन | Samacharpati जिल्ला प्रहरी कार्यालय नवलपरासीद्धारा “हिरासतमा किताब” नामक कार्यक्रमको उद्‌घाटन – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • जिल्ला प्रहरी कार्यालय नवलपरासीद्धारा “हिरासतमा किताब” नामक कार्यक्रमको उद्‌घाटन

जिल्ला प्रहरी कार्यालय नवलपरासीद्धारा “हिरासतमा किताब” नामक कार्यक्रमको उद्‌घाटन

जिल्ला प्रहरी कार्यालय नवलपरासीद्धारा “हिरासतमा किताब” नामक कार्यक्रमको उद्‌घाटन

नवलपरासी, ६ माघ । विभिन्न मुद्दामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा अनुसन्धानको क्रममा रहेका अभियुक्तहरूलाई अध्ययन एवं रचनात्मक सोचको विकास गरी समाजमा पुनर्स्थापित हुनेतर्फ उन्मुख गर्न जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले “हिरासतमा किताब” नामक कार्यक्रमको थालनी गरेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय प्रमुखहरू बिच भएको कार्य सम्पादन सम्झौता बमोजिमको
कार्योजना २०७७ अनुसार नवप्रवर्तनात्मक कार्य ‘‘Walking Extra Mile’ अन्तर्गत यही माघ ०५ गते गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम उद्‌घाटन भई सुरु गरिएको हाे ।

नायव महानिरीक्षक अर्यालले शिलालेख अनावरण तथा रिबन काटेर उद्‌घाटन गर्नुभएको उक्त कार्यक्रमअनुसार जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक पुस्तकालयको स्थापना गरी विभिन्न मुद्दाका अभियुक्तहरूलाई प्रेरणादायी एवं मनोरञ्जनात्मक पुस्तकहरू अध्ययन गर्ने अवसरको सुरुवात गरिएको छ ।

पुस्तकालयको उद्‌घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले हिरासतमा पुस्तकालय भई अध्ययन गर्ने अवसरले हिरासतमा रहेका व्यक्तिहरूमा जीवनप्रतिसकरात्मक सोचको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

साथै, अपराधको आरोपमा हिरासतमा रहेको व्यक्ति अपराधी नभई अभियुक्त मात्र भएकाले पुनस् समाजमा स्थापित भई जीवन यापन गर्नको लागि हीनताबोध, नैराश्यता एवं नकरात्मकता हाबी हुन नदिन अध्ययन एक महत्वपूर्ण उपाय भएको बताउनुभयो ।

साथै, प्रहरी नायव महानिरीक्षक अर्यालले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा कार्यरत प्रहरी कर्मचारी र जिल्ला मातहतका प्रहरी कार्यालयहरूको इन्चार्ज तथा अन्य प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया गर्नुका साथै सदाचारयुक्त प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।

उपस्थित प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्नुहुँदै उहाँले सदाचारयुक्त प्रहरी कर्मचारीहरूबाट मात्रै संगठनले अंगीकार गरेको साझा उद्देश्य प्राप्त हुने बताउँदै आफ्नो जिम्वेवारीदेखि बिमुख नभई आफूलाई प्राप्त पदीय दायित्व सही तरिकाले निर्वाह गर्न गराउन निर्देशन दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले प्रहरी नायव महानिरीक्षक अर्यालप्रति धन्यवाद व्यक्त गर्दै समग्र जिल्ला अन्तर्गतको शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन एवं जनशक्ति व्यवस्थापन, अपराध नियन्त्रण एवं अनुसन्धान लगायतका विषयमा जानकारी गराउनुका साथै प्रहरी नायव महानिरीक्षकज्यूबाट भएका निर्देशनहरूलाई अक्षरंश पालना गर्ने एवं गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

आजको ट्रेन्डिङ समाचार