स्याङ्जा , ६ माघ । स्याङ्जा हरिनास गाउँपालिका ३ बुमदीका ५३ वर्षिय लेखनाथ उपाध्य बलम्दीको भीरमा मृत अवस्थामा फेला पर्नुभएकाे छ ।
उहाँ विगत १५ दिनअगाडी दुलेगौंडा जान भनि घरबाट हिड्नुभएकाे थियाे । घरबाट हिडेकाे १५ दिन भैसक्दा पनि हालसम्म आफन्त कोही कसैको सम्पर्कमा नआएको हुदाँ उहाँलाइ स्थानीयले खोजतलास गर्दै जाने क्रममा बलम्दीको भीरमा मृत अवस्थामा फेला पारेका हुन् ।
लेखनाथ मृत अवस्थामा फेला परेको खबर प्रहरीलाइ प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेकाे छ ।