लिमीमा पर्वको बहार हिउँदभरी गाउँलेहरू ब्यस्त | Samacharpati लिमीमा पर्वको बहार हिउँदभरी गाउँलेहरू ब्यस्त – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • लिमीमा पर्वको बहार हिउँदभरी गाउँलेहरू ब्यस्त

लिमीमा पर्वको बहार हिउँदभरी गाउँलेहरू ब्यस्त

लिमीमा पर्वको बहार हिउँदभरी गाउँलेहरू ब्यस्त

कर्णबहादुर रोकाया, हुम्ला, ६ माघ । देशको ऐनभन्दा गाउँघरको चैन (चालचलन)बाट सबल रुपमा सञ्चालन हुँदै आएको हुम्लाको उत्तरी गाउँ हो लिमी । यो आफैमा एक गौरब बोकेको गाउँ हो । एक ऐतिहासिक ठाउँ हो ।

यसैले पनि यहाँको विविधताको बारेमा जान्नु भनेको नेपालका खशहरूको इतिहास जान्नु हो । यसैले पनि यहाँको एकता, विविधता र अनौठोपन हामी सबैका लागि अचम्मको छ ।

नाम्खा गाउँपालिकाको वडा नं ६ मा पर्ने लिमीमा तीन गाउँ समाहित भएका छन् । जांग, हल्जी र तील, यी तीन
गाउँको आआफ्नै सामाजिक, सांस्कृतिक, जैविक तथा प्राकृतिक महत्व रहेको छ । एक गाउँबाट अर्को गाउँ जानका लागि
एक एक दिन लाग्ने गरेको छ । यी गाउँहरूमा सबभन्दा पुरानो गाउँ हो हल्जी । यसको माउ अर्थ भने तीन वटा
हिमालको काखमा रहेको सानो उपत्यका हुन्छ । यसलाई हुम्ली भोटे भाषामा याल्छे भनिन्छ ।

यसैको अपभ्रम्स भएर हल्जी भएको हो । यहाँ १२ सय वर्ष पुरानो बौद्ध धर्मभित्रको ब्रजयान सम्प्रदायको एक हाँगो डिगुंग कग्युत बौद्धमत जीवन्त रहेको छ । यो गुम्बाको खास नाम रिन्छेलिन थुक्थने डिगुंग कग्युत गुम्बा हो । यी चाडपर्व तथा उत्सवहरूमा लोसार, रिम्जा, मिल्हो, काङनी, बुस्याक, दुईसोमा, जीप्चुसिग्र्वा, सेदुई, गलीत आम्ज्यात, रिम्जु, कुन्टीक, माने, कन्ग्युर, तन्ग्युर, नारोक, सोल्गा, धिरीम, च्याज्याम, सेर्बु रेक्री री स्याक, ग्याल्बु ग्यापुर टासी ज्याल्दार र म्हिपुयोक्ताहरू रहेका छन् ।

विशेष गरेर लिमी गाउँमा एक दिनदेखि ४५ दिनसम्म मनाइने चाडपर्वहरू रहेका छन् । यी पर्वहरूमा शुभ तथा अशुभ कामका लागि विभिन्न प्रकारका चाडपर्वहरू रहेको हल्जी गुम्बाका बुक्पा अर्थात् मुल पुजारी सोनाम तन्डुप तामाङ्गले जानकारी दिनु भएको छ ।

यो गुम्बा स्थापना गर्ने महान् व्यक्ति रिन्छेन जाङ्पो हुन् । उनी तिब्बतीयन र संस्कृति भाषाका एक महान्ज्ञाता हुन् ।
जसले संस्कृति मुल भाषामा रहेको बौद्ध साहित्यलाई तिब्बतीयन भाषामा अनुवाद गर्नुका साथै बौद्ध धर्मलाइ विशाल
भोटमा प्रचार प्रसार गर्नुका साथै १०८ गुम्बा समेत स्थानीयबासीहरूको पहल निर्माण गरेर भौतिक तथा आध्यात्मिक
रुपमा एक महान् कामको शुरुवात गरेका थिए ।

उनैले निर्माण गरेको नेपालको एक ऐतिहासिक बौद्ध गुम्बालाई उनैको शाख जोगाउन लिमी हल्जी गाउँका
स्थानीयहरूले आफ्नै औकात, एकता, श्रम, समय र सीपले संरक्षण गरी राखेका छन् तर पनि सरकारीस्तरबाट यसको
बारमा खासै चासो चर्चा र अभिलेखका लागि पहल नभएको लिमीका स्थानीयबासी छेवाङ्ग तामाङ्गले बताउनुभएको
छ ।

लिमी गाउँका पुस लागेपछि गुम्बा र गाउँमा विभिन्न प्रकारका सामाजिक तथा सांस्कृतिक पर्वहरूको बहार शुरु हुने
गरेको छ । यसैले पनि वर्षभरीको कमाईलाई यहाँका स्थानीयहरूले करीब चार महिना यसैमा खर्च गर्ने गरेका छन् ।
यसरी लिमी नेपालको एक हिमालको प्राकृतिक गुफामा बसे झैँ अनुभव हुने भए पनि यहाँको समाज र संस्कृतिको खोजले
नेपालको प्राचिन कुराको जानकारी दिने सम्भावना धेरै रहेको छ ।

यसैले पनि यहाँको प्राकृतिक तथा सामाजिक सम्पदालाई संरक्षण, सम्बद्र्धन तथा प्रचार प्रसार गर्न गराउनका लागि पनि स्थानीयबासीलाई सहभागीता बनाउनु पर्ने अनिवार्यता भएको नयाँ पत्रिका हुम्लाका सम्वादाता नरजन तामाङ्गको मत रहेको छ ।

हुम्लाको लिमी भ्यालीमा बसोबास गर्ने मंगोलियन मुलका यहाँका बासिन्दाहरुको चालचलन, रीतिथीति, परम्परा तथा
अन्य कुराहरु अन्य नेपाली गाउँकोभन्दा पृथक रहेकाले पनि सांस्कृतिक तथा प्राकृतिक रुपमा संरक्षित गर्नु गराउनु पर्ने
देखिन्छ ।

अझ यसमा हिउँदको समय भनेको लिमीको लागि पर्वहरुको बहार नै हो । यहाँको तीन गाउँमा हिउँदको चार महिना व्यक्तिगत, सामुहिक तथा सांस्कृतिक चाडपर्वहरु नियमित आयोजना तथा प्रायोजन हुने गर्छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता