काठमान्डाैँ, ४ माघ । हाल देश को पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणाली को सामान्य प्रभाव रहेको छ । हाल प्रदेश १ बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ भने देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू-भागमा आंशिक बदली रहने छ देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।