गणतन्त्रका संवाहकहरूको आरोप प्रत्यारोपको स्तरले प्रणालीमाथी वितृष्णा पैदा गर्यो : कमल थापा • Nepal's Trusted Digital Newspaperगणतन्त्रका संवाहकहरूको आरोप प्रत्यारोपको स्तरले प्रणालीमाथी वितृष्णा पैदा गर्यो : कमल थापा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गणतन्त्रका संवाहकहरूको आरोप प्रत्यारोपको स्तरले प्रणालीमाथी वितृष्णा पैदा गर्यो : कमल थापा

गणतन्त्रका संवाहकहरूको आरोप प्रत्यारोपको स्तरले प्रणालीमाथी वितृष्णा पैदा गर्यो : कमल थापा

  • शनिबार, माघ ३, २०७७
गणतन्त्रका संवाहकहरूको आरोप प्रत्यारोपको स्तरले प्रणालीमाथी वितृष्णा पैदा गर्यो : कमल थापा

काठमाडौँ, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषा, शैली र स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा र घृणा पैदा गरेको टिप्पणी गर्नुभएकाे छ ।

अहिले प्रमुख दलहरुमा चलिरहेको आराेप प्रत्यारोपमाथि सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले स्वार्थगत आधारमा संविधान, न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेको बताउनुभएकाे छ ।

उहाँले भन्नुभएकाे छ :-

गणतन्त्र,धर्मनिरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषारशैलीरस्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णारघृणा पैदा गरेको छ ।

स्वार्थगत आधारमा संविधान,न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेछन् ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका