आजकाे मौसम :- उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात • Nepal's Trusted Digital Newspaperआजकाे मौसम :- उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आजकाे मौसम :- उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात

आजकाे मौसम :- उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात

  • शुक्रबार, माघ २, २०७७
आजकाे मौसम  :- उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात

काठमान्डाैँ, २ माघ । हाल देशमा  दक्षिण पूर्वी अरबमा बनेको न्युन चापीय  क्षेत्र तथा पूर्वी बिहारमा बनेको  न्युन चापीय क्षेत्रको  प्रभाव रहेको छ । हाल देशको पहाडी भू भागमा आंशिक बदली रहेको छ

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने  छ ।

देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशमा आंशिक बदली अनि प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही  देशका अन्य भू-भागहरुमा आंशिक बदली रहने देखिन्छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका