नेलम्बो नेपालद्धारा पोखराका ४ स्थानमा स्वास्थ्य सामग्रीहरु सहयोग • Nepal's Trusted Digital Newspaperनेलम्बो नेपालद्धारा पोखराका ४ स्थानमा स्वास्थ्य सामग्रीहरु सहयोग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नेलम्बो नेपालद्धारा पोखराका ४ स्थानमा स्वास्थ्य सामग्रीहरु सहयोग

नेलम्बो नेपालद्धारा पोखराका ४ स्थानमा स्वास्थ्य सामग्रीहरु सहयोग

  • बुधबार, पुस २९, २०७७
नेलम्बो नेपालद्धारा पोखराका ४ स्थानमा स्वास्थ्य सामग्रीहरु सहयोग

पाेखरा, २९ पुस । शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको नेलम्बो नेपालले पछिल्लो समय कोभिड—१९ को महामारीमा स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरणको कार्यलाई तिव्रता दिएको छ ।

DSC 0027

कास्कीका अन्नपूर्ण, मादी र रुपा गाउँपालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको छ भने पोखरा महानगरपालिका केही वडा तथा सामुदायिक विद्यालयहरुलाई पनि स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराउँदै आईरहेको छ ।

नेलम्बो नेपालले पोखरा १३ नं. वडामा रहेको श्री भद्रकाली माध्यमिक विद्यालयमा त्यस विद्यालयका एस.एल.सि. वर्ष २०५४÷५५ का भूपु विद्यार्थीहरु सुमन श्रेष्ठ, हिमेश, शन्तोष, विकेश लगायतका विद्यार्थीहरुको सहकार्यमा रु ५,००० र नेलम्बो नेपालको सहयोगमा रु ३१,६०३ गरी जम्मा रु ३६,६०३ रुपैया वरावरका स्वास्थ्य सुरक्षाका सामग्रीहरु माक्स, सेनिटाइजर, केएन ९५ माक्स, डिस्पोजिवल माक्स, फेससिल्ड, हातधुने साबुन, स्प्रबोतल, थर्मलगन, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड विद्यालयका प्रधानाध्यापकलाई नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारी र भूपु विद्यार्थी सुमन श्रेष्ठ लगायतको टिमले हस्तान्तरण गरेका हुन् ।

DSC 0017

नेलम्बो नेपालले पोखरा महानगर पालिका वडा नं. २ मा रहेको विन्ध्यावासिनि मा.वि लाई पनि रु २२,२८० रुपैया वरावरका स्वास्थ्य सुरक्षाका सामग्रीहरु वडा नं. २ का अध्यक्ष रामेश्वर मल्ल र प्रधानाध्यापक वसन्तराज पाण्डेलाई नेलम्बो नेपालका जन सम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले हस्तान्तरण गर्नु भएको हो ।

धन्यवाद दिँदै मल्लले नेलम्बो नेपालको कार्य उदाहरणीय भएको र आफुुले अन्य वडाहरुमा जाने क्रममा पनि नेलम्बो नेपालले गरेको प्रशंसनीय कार्यको चर्चा सुनेको र आफ्नो वडामा पनि पटक पटक सहयोग गरेको प्रति हार्दिक आभार व्यक्त गर्नु भयो ।

त्यसै गरी नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नं. ०९ लाई रु १३,४९० रुपैया वरावरका स्वास्थ्य सुरक्षाका सामग्रीहरु वडा अध्यक्ष रामराज लामिछानेलाई हस्तान्तरण गरेको छ । सामग्रीहरु ग्रहण गर्दै अध्यक्ष लामिछानेले हाल वडा कार्यलयबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य भैराखेको र सेवाग्राहीहरुको चाप बढ्ने उपयुक्त समयमा उपलब्ध स्वास्थ्य सुरक्षाका सामग्रीहरुले थप सहजता प्रदान गर्ने कुरा व्यक्त गर्नु भयो ।

त्यसै गरी पोखरा महानगर पालिका वडा नं ६ बैदाममा रहेको श्री शुभकामना विद्यालयलाई पनि रु १५,२२५ रुपैया वरावरका स्वास्थ्य सुरक्षाका सामग्रीहरु विद्यालय व्यवस्थापन समितका उपाध्यक्ष मेनुका पहारीलाई संस्थाका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले हस्तान्तरण गर्नु भएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका