कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गर्ने बाटो खुल्यो,वालिङको वडा नम्बर १४ लाई टुक्रयाउने निर्णय हेर्नैपर्ने समाचार | Samacharpati कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गर्ने बाटो खुल्यो,वालिङको वडा नम्बर १४ लाई टुक्रयाउने निर्णय हेर्नैपर्ने समाचार – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गर्ने बाटो खुल्यो,वालिङको वडा नम्बर १४ लाई टुक्रयाउने निर्णय हेर्नैपर्ने समाचार

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गर्ने बाटो खुल्यो,वालिङको वडा नम्बर १४ लाई टुक्रयाउने निर्णय हेर्नैपर्ने समाचार

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गर्ने बाटो खुल्यो,वालिङको वडा नम्बर १४ लाई टुक्रयाउने निर्णय हेर्नैपर्ने समाचार

पोखरा, २९ पुष । सरकारले कक्षाा ११ मा लागु गरेको नयाँ पाठ्यक्रम विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा खारेज भएको छ । दुई दिन लगातार चलेको बहसपछि सर्वोच्च अदालतले म‌ं‌गलबार निर्देशनात्मक आदेश जारी गरेको छ ।न्यायाधिसहरु तेज बहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले माग बमोजिम नहुने भन्दै निर्देशनात्मक आदेश जारी गरेको अदालतले जनाएको छ । यो आदेशसँगै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ कार्यान्वयनको बाटो खुलेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले बताए ।’फैसलाको प्रति प्राप्त नगरे पनि अदालतले माग बमोजिम नहुने आदेश जारी गरे सँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ’ दाहालले भने ’कतिपय विद्यालयले त नयाँ नै पठनपाठन गरेका थिए, अब स्पष्ट भएर पठन पाठन अघि बढाउने बाटो खुल्यो ।’तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि यसको विरोधमा अदालतमा मुद्दा दायर भए पछि कतिपय विद्यालयले सरकारी निर्देशन विपरित आफू खुसी पुरानै पाठ्यक्रम पठन पाठन गर्दै आएका थिए ।प्रारुपले गणित विषयलाई अवमूल्यन गरेको भन्दै आन्दोलित गणित समाजको समर्थनमा भागवता अर्यालका नाममा मुद्दा हालिएको थियो । कक्षा १ र ११ मा लागू भएको नयाँ पाठ्यक्रमको उक्त मुद्दा लामो समय सम्म किनारा नलाग्दा विद्यार्थी अन्योलमा परेका थिए ।प्रारुपले गणित विषयलाई अवमूल्यन गरेको भन्दै आन्दोलित गणित समाजको समर्थनमा भागवता अर्यालका नाममा मुद्दा हालिएको थियो । कक्षा १ र ११ मा लागू भएको नयाँ पाठ्यक्रमको उक्त मुद्दा लामो समय सम्म किनारा नलाग्दा विद्यार्थी अन्योलमा परेका थिए ।उक्त मुद्दा साविकका निजी उच्च मावि सञ्चालकहरुको सहयोगमा दर्ता गरिएको भन्दै आलोचना भईरहेको थियो । यसै शैक्षिक सत्र देखि कक्षा ११ मा लागू गरिएको सामाजिक र जीवन उपयोगी शिक्षाका कारण थप शिक्षक र कक्षा सञ्चालन गर्नु पर्दा आफ्नो कमाई घट्ने निष्कर्षका साथ निजी विद्यालय सञ्चालकहरुले उक्त प्रारुपको विरोध गर्दै आएका थिए ।नयाँ लागू गरिएको विषय पढाउन शिक्षक नभएको, पाठ्यपुस्तक नभएको जस्ता वहाना बनाउँदै निजी विद्यालय सञ्चालकहरुले पुरानै पाठ्यक्रम पढाउने लबिङ् गर्दै आएका थिए । त्यसैले यस अघि नै उक्त प्रारुपले गणितलाई अवमुल्यन गरेको भन्दै आन्दोलित गणित समाजलाई अघि सारेर उनीहरुले मुद्दा हाल्न लगाएको विश्लेषण हुँदै आएको छ ।निजी विद्यालय सञ्चालकहरुले प्रधानमन्त्री मार्फत् दबाब दिएपछि तत्कालीन शिक्षा मन्त्री पोखरेलले २ वर्ष अघि नै कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पठन पाठन गर्ने निर्णय कार्यान्वयनबाट पछि हटेका थिए ।निजी विद्यालय सञ्चालकको स्वार्थको कारण उब्जेको यो मुद्दा उनीहरुको सत्ताधारी दलसँगको सम्बन्धका कारण थप पेचिलो हुँदै आएको थियो । सत्ताधारी दल भित्रको शक्ति संघर्षका कारण निजी विद्यालय सञ्चालकहरु तत्कालिन शिक्षा मन्त्रीलाई बाईपास गरेर प्रधानमन्त्री केपी ओली मार्फत् दवाव बढाउँदै आएका थिए । तर शिक्षाविद्हरुले निजीको स्वार्थ अदालतले बुझ्ने अपेक्षा गरेको बताउँदै आएका थिए ।

वालिङको वडा १४ लाई टुक्राएर २ वटा कायम गरिने भएको छ । वालिङ नगरपालिकाको नवौं नगरसभाबाट वडा १४ लाई टुक्राएर २ वडा कायम गर्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो ।नगरसभामा वडाध्यक्ष झम्मरबहादुर श्रेष्ठले वडालाई विभाजन गरी २ वटा वडा कायम गर्न निर्णयार्थ पेस गरेकोमा सभाले सर्वसम्मत सो प्रस्ताव पारित गरेको नगर प्रवक्ता केदार काफ्लेले बताए ।वडाका २५ वटा टोल विकास संस्थाका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवीको भेलाले पुस १० गते वालिङ नगरपालिकाको साविकको वडा १०, साविक थुमपोखरा गाविसको वडा ९ कोखे टोल र साविकको कालिकाकोट गाविसको वडाको हुग्दी टोललाई समावेश गरी थप वडा कायम गर्ने निर्णय स्थानीय वडाबासीले गरेका वडा १४ का वडाध्यक्ष श्रेष्ठले बताए ।वडाको केन्द्र अपायक स्थानमा रहेको, विकास निर्माणका काममा सम्बन्धित निकायबाट प्राप्त हुने स्रोत भौगोलिक क्षेत्रको आधारमा न्यून तथा अपूग हुन गएको, विकास निर्माणको काममा स्रोत वितरणको समानरुपमा हुन कठिनाइ भएको, सरकारी सेवासुविधाका लागि जनसंख्या चाप बढी भएको स्थानीय वडाबासीले गरेको निर्णयमा उल्लेख गरिएको छ ।(आदर्श समाज )

आजको ट्रेन्डिङ समाचार