भीरकोटमा बहुमुखी बाल प्रतिभाकी धनी प्रेन्सा रेग्मीको प्रस्तुती • Nepal's Trusted Digital Newspaperभीरकोटमा बहुमुखी बाल प्रतिभाकी धनी प्रेन्सा रेग्मीको प्रस्तुती • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भीरकोटमा बहुमुखी बाल प्रतिभाकी धनी प्रेन्सा रेग्मीको प्रस्तुती

भीरकोटमा बहुमुखी बाल प्रतिभाकी धनी प्रेन्सा रेग्मीको प्रस्तुती

  • बुधबार, पुस २९, २०७७
भीरकोटमा बहुमुखी बाल प्रतिभाकी धनी  प्रेन्सा रेग्मीको प्रस्तुती

भीरकोट,  २९   पुस । सानै उमेरमा सामाजिक कार्यको सोचका साथ अगाडी बढ्नु भएकी बहुमुखी प्रतिभाकी धनी बाल प्रतिभा प्रेन्सा रेग्मीले स्याङ्गजाको भीरकोट नगरपालिकामा आफ्नो प्रस्तुती राख्नुभएको छ ।

कक्षा ३ मा अध्ययन गर्दै गरेकी ८ वर्षीय रेग्मीले सानो उमेरको मान्छेले सानो काम बाट समाज परिर्वतन गराउने उद्धेश्यले कोरोनाको कहरको वेला माक्स वितरण,फुड वैंक,कपडा वैंक,र बुक वैंक स्थापना गरेको वताउनु भयो ।

यस्का अत्तिरिक्त्त हाल पोखरामा वस्दै आएकी रेग्मीले सरसफाई अभियान र १८ वर्ष उमेर नपुगेका वालवालिकालाई खैनी, चुरोट, मदिरा विक्री वितरण गर्ने कार्यमा रोक लगाउने अभियान चलाएको वताउनुभयो ।

साथै रेग्मीले आफ्नो गाँऊ ठाँऊमा ठुलाँठुलाँ कामले मात्र समाजसेवा हैन निश्वार्थ भावले स साना सहयोगले पनि समाजसेवा गर्न सकिने बताउनुभयो ।

उक्त कार्याक्रममा वोल्दै भीरकोट नगरपालिकाका नगर प्रमुख एंव कार्यक्रमका प्रमुख अतिथि छायाराम खनालले हामी गरिव छैनौ हाम्रो सोचाई गरीवीको छ भन्दै सर्व प्रथम सोच वदल्न आग्रह गर्नुमभयो । गत आ.व को चैत्र मसान्तर भीत्र नगरलाई वालमैत्री नगर घोषणा गर्ने गरी सवै सुचकहरु पुरा गरी अन्तीम चरणमा पुगेको अवस्थामा कोराना कहरको कारण निर्धारित समयमा गर्न नसकिएको वताउदै प्रमुख खनालले अव कोरानाको संक्रमण हट्दै गएको हुनाले आगामी माघ महिना भीत्र भीरकोट नगरपालिकालाई वाल मैंत्री नगर घोषणा गर्नको लागी तयारी अवस्थामा रहेको वताउनु भयो ।

नगर प्रमुख खनालले भीरकोट नगर भित्रका कापी कलम किन्न नसक्नेका लागी एउटा वालकोष खडा गर्ने तथा उक्त कोषको लागी नगरपालिकाले १ लाख जम्मा गर्ने तथा हरेक सक्षम वालवालिकाले प्रत्येक दिन आफ्नो खाजा खर्चवाट १ रुपैया कटाई जम्मा गर्ने प्रताव पनि पास भएको वताउनु भयो ।

कार्यक्रममा उपस्थीत महानुभावहरुलाई स्वागत गर्दै नगर उप प्रमुख सिमा केसी कर्माचार्यले अव लगतै भीरकोटलाई वालमैंत्री नगर घोषणा गर्ने तयारीको अन्तिम चरणमा रहेकोले सरोकारवालाको निम्त्ति वालमैंत्रीको क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नको लागी सो कार्यक्रमको आयोजना गरेको भन्दै नगर वाल संरक्षण समितिका संयोजक समेत रहनु भएकी सिमा केसी कर्माचार्यले वहुप्रतिभाकी धनी वालिका प्रेन्सा रेग्मीमा संस्कार सहितको ज्ञान भएको हुँदा सवै संग उक्क्त ज्ञान हुन आवश्यक रहेको भन्दै केसीले उक्त प्रतिभाले भीरकोटका वालवालिकामा थप उर्जा र उत्प्रेरणा प्रदान गर्ने वताउनुभयो ।

जन प्रतिनिधि, सामाजिक व्यक्तित्व भीरकोट नगर भीत्रका विद्यालयका शिक्षक र विद्यर्थीहरुको सहभागिता रहेको कार्यक्रम माथि प्रकाश पार्दै वालोदय माविका प्रअ अमृत अर्यालले प्रेन्साको सामाजिक अभियानको सवैले अनुशरण गर्नुपर्ने बताउनुभयो ।

सहभागीको तर्फवाटवोल्दै वालोदय माविका प्रन्जल तिवारी र भाग्योदय माविका डोल कुमारी थापाले प्रेन्साको प्रतिभा र प्रशंसनीय कार्यवाट सवै वर्गले पाठ सिक्नु पर्ने वताएका छन् ।

भीरकोट नगर वाल संजालका अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यार्थी द्धय श्रेया सुना र प्रतिक्षा गुरुङ्गले गरेका थियो भने धन्यवाद भीरकोट नगरपालिका वडा न १ का वडाअध्यक्ष एंवम नगर प्रवत्ता दिपेन्द्र केसीले गर्नुभएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका