माघे संक्रान्तिका अवसरमा हुने ढुंगे साँघुजात्राको तयारी ८० प्रतिशत सम्पन्न • Nepal's Trusted Digital Newspaperमाघे संक्रान्तिका अवसरमा हुने ढुंगे साँघुजात्राको तयारी ८० प्रतिशत सम्पन्न • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • माघे संक्रान्तिका अवसरमा हुने ढुंगे साँघुजात्राको तयारी ८० प्रतिशत सम्पन्न

माघे संक्रान्तिका अवसरमा हुने ढुंगे साँघुजात्राको तयारी ८० प्रतिशत सम्पन्न

  • मङ्लबार, पुस २८, २०७७
माघे संक्रान्तिका अवसरमा हुने ढुंगे साँघुजात्राको तयारी ८० प्रतिशत सम्पन्न

पोखरा, २८ पुस । ढुंगे साँघुमा मकर संक्रान्ति –माघ १ गतेका दिन हुने जात्राको ब्यबस्थापनको ८० तयारी सम्पन्न भएको छ ।
त्यहाँ बिभिन्न मनोकामना र बिभिन्न उदेश्यका साथ सो स्थानमा बर्षेनि लाखौ मानिस जाने गर्दछन ।

हिन्दु परिषद नेपाल कास्की जिल्ला इन्चार्ज दीपक आचार्यका अनुसार सबैको पहलमा माघ १ गते सार्बजनिक बिदा परेको हुँदा बिगतका बर्षमा भन्दा यो बर्ष दुइ गुणा मानिस आउने अनुमान गरिएको बताउनुभयो ।

ढुंगे साँघुको मेलामा हुने पुरानो चलन रातभर भजन किर्तन, दुई दिन एक रातको स्वस्थानि ब्रत को पुर्ण बिधि , रोइला लगायत अन्य गितको संस्कृति, मगर संस्कृति, नेवार संस्कृति, स्नान संस्कृति,खाद्द संस्कृति, पर्ब पुजा संस्कृति, बिशेष जात्रा पुजा संस्कृति, कन्या द्वारा होमन संस्कृति , हाट बजार संस्कृति लगायत बहु सांस्कृतिक मेला र जात्रा को रुपमा चिर परिचित मेला र जात्रा हो ।

सदा शिब सिद्देस्वर हरिहर मन्दिरका निबर्तमान अध्यक्ष दीपक आचार्यका अनुसार माघे संक्रान्ती को खास अर्थ बैज्ञानिक हिसाबले अति महत्वपुर्ण छ ।

ढुङ्गेसांघु जात्रा मा रातभर दिनभर भजन गित, ७ दिन सम्म भागवत कथा, एक दिने कन्दमुल प्रतियोगितार प्रदर्शन, निःशुल्क कन्दमुल बितरण, कराते प्रतियोगिता फरक फरक दुई स्थानमा, संकल्प दान को सहज वातावरण, कुटो कोदालो डोको नाम्लो लगाएत घरेलु औजार, खेल मनोरन्जन का विधि जस्ता अन्य कुराहरु यो बर्ष सम्भब नभएको जानकारी प्राप्त भएको छ ।

ब्रह्माण्डमै यो भन्दा उत्तम तिर्थस्थल अन्यत्र नरहेको कुरा सेती गण्डकी महात्मयबाट नेपालीमा तार पाखेले उल्था गरेर किताब नै निकाल्नुभएको कुरा स्थानियहरु बताउँछन ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका