‘हामी अरुको निर्देशन मान्दौनौं र कसैको निर्देशनमा चल्दैनौं:-प्रधानमन्त्री • Nepal's Trusted Digital Newspaper‘हामी अरुको निर्देशन मान्दौनौं र कसैको निर्देशनमा चल्दैनौं:-प्रधानमन्त्री • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘हामी अरुको निर्देशन मान्दौनौं र कसैको निर्देशनमा चल्दैनौं:-प्रधानमन्त्री

‘हामी अरुको निर्देशन मान्दौनौं र कसैको निर्देशनमा चल्दैनौं:-प्रधानमन्त्री

  • मङ्लबार, पुस २८, २०७७
‘हामी अरुको निर्देशन मान्दौनौं र कसैको निर्देशनमा चल्दैनौं:-प्रधानमन्त्री

काठमाडौं,  २८ पुस । प्रधानमन्त्री केपी ओलीले कसैबाट पनि आफु निर्देशित नहुने बताउनुभएकाे छ । भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तर्वार्तामा ओलीले यस्तो प्रतिक्रिया दिनुभएकाे हाे ।

संसद विघटन भएपछि नेकपा पार्टी फुटेको अवस्थामा चिनले देखाएको सक्रियताकाे बारेमा ओलीलाई प्रश्न गरेपछि ओलीले भन्नुभयाे ‘हामी अरुको निर्देशन मान्दौनौं र कसैको निर्देशनमा चल्दैनौं पनि।

हामी स्वायत्तता र स्वतन्त्रतालाई प्रेम गछौं’ । तर हाम्रो चीनसँगको सम्बन्ध राम्रो रहेको भन्दै सीमा विवाद पनि नरहेको स्पष्ट पार्नुभएकाे हाे ।

तर, आफु तीन देशबीच समझदारी कायम गर्न मध्यस्थताका लागि तयार रहेको ओलीको भनाइ थियो । ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका