पोखरा वडा नं. २९ र ३० मा नेलम्बो नेपालको सहयोग • Nepal's Trusted Digital Newspaperपोखरा वडा नं. २९ र ३० मा नेलम्बो नेपालको सहयोग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा वडा नं. २९ र ३० मा नेलम्बो नेपालको सहयोग

पोखरा वडा नं. २९ र ३० मा नेलम्बो नेपालको सहयोग

  • मङ्लबार, पुस २८, २०७७
पोखरा वडा नं. २९ र ३० मा नेलम्बो नेपालको सहयोग

पाेखरा, २८ पुस । आज एक कार्यक्रमका बीच नेलम्बो नेपालले पोखरा महानगर पालिका वडा नं. २९ वडा कार्यालयलाई कोभिड—१९ बाट सुरक्षित रहनका लागि माक्स, सेनिटाइजर, केएन ९५ माक्स, डिस्पोजिवल माक्स, फेससिल्ड, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, हात धुने साबुन, स्प्रेबोतल, थर्मल गन लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु वडा अध्यक्ष चेत बहादुर गुरुङ्गलाई संस्थाका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले हस्तान्तरण गर्नु भएको हो ।

DSC 0233 scaled

उक्त सामग्रीहरु हस्तान्तरण गर्दै भण्डारीले वडा कार्यालयमा दैनिक जसो विभिन्न स्थानबाट सेवा ग्राहीहरु आउने हुदाँ सुरक्षित भएर कार्य गर्न सहज होस् भन्ने हेतुले रु १२,०४० रुपैया बरावरको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको बताउनु भयो ।

सामग्रीहरु ग्रहण गर्दै वडा अध्यक्ष गुरुङ्गले नेलम्बो नेपाल सँग सम्र्पक भएको छोटो समयमा नै स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको प्रति हार्दिक आभार व्यक्त गर्नु भयो । उहाँले भविष्यमा आफुहरु नेलम्बो नेपालसँग सहकार्य गरि कार्य गर्न तयार रहेको बताउनु भयो ।

कोभिड १९ को विषम् परिस्थितिमा संघ सस्थाहरुले कम मात्रामा काम गरिरहेको अवस्थामा नेलम्बो नेपालले देखाएको अग्रसरतालाई धन्यवाद व्यक्त गर्नु भयो ।

त्यसैगरी आजै पोखरा महानगरपालिका वडा नं. ३० मा रहेको श्री नवज्योति सनतदुर्गा आधारभूत विद्यालयमा पनि माक्स, सेनिटाइजर, केएन ९५ माक्स, डिस्पोजिवल माक्स, फेससिल्ड, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, हात धुने साबुन, स्प्रेबोतल, थर्मल गन नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्ररमण त्रिपाठी र विद्यालयका भूपु प्रधानाध्यापक लिलामणि त्रिपाठीलाई रु १२,४०० रुपैया वरावरका स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।

धन्यवाद दिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिपाठीले नेलम्बो नेपालले विपन्न समुदायका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयमा सहयोग गरेको प्रति आभार प्रकट गर्दै भावि दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका