मारघोर हिमालको काखमा पाँच हजार मिटरको उचाइमा भ्यूटावर निर्माण • Nepal's Trusted Digital Newspaperमारघोर हिमालको काखमा पाँच हजार मिटरको उचाइमा भ्यूटावर निर्माण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मारघोर हिमालको काखमा पाँच हजार मिटरको उचाइमा भ्यूटावर निर्माण

मारघोर हिमालको काखमा पाँच हजार मिटरको उचाइमा भ्यूटावर निर्माण

  • मङ्लबार, पुस २८, २०७७
मारघोर हिमालको काखमा पाँच हजार मिटरको उचाइमा भ्यूटावर निर्माण

कर्णबहादुर रोकाया, हुम्ला, २८ पुस । हुम्लाको मारघोर हिमालमा रहेको पाँच हजार मिटर उचाइको स्थानमा रहेको भिमदुलामा एक सय ८ वटा सिंढीसहित भ्यूटावर निर्माण गरिएको छ । डिभिजन वन कार्यालय हुम्लाले ५० लाख रूपैयाँको लागतमा तयार गरेको भ्यूटावर र एक सय ८ सिंढीको निर्माण गरेको हो ।

Marghot Tower1 scaled

महाभारतकालीन पाँच पाण्डवमध्ये महिला सदस्य भिमसँग यहाँको लोककथन जोडिएको छ । उनीहरु बाह्र वर्ष वनवास र एक वर्ष गुप्तवासको अवस्थामा रहँदा उनीहरु बसेको ठाउँमा जब राक्षसी प्रवृत्तिहरुको अत्याचार बढ्दै गयो ।

तब उनीहरुको बध गर्नका लागि विभिन्न तामसिक कामहरु गर्नु परेकाले यो गुफा पनि त्यही समय बनेको सिमकोट गाउँका अदानसिंह रावत बताउनुभयो ।

उहाँले भन्नुभयो सिंजाको पाण्डव गुफाबाट ढुंगा हानेर होल्मोलुङरिङको राक्षसलाई मार्न खोज्दा चंखेली, मारघोर हिमाल प्वाल पारेर सिमकोट खसेको जनश्रुति रहेको छ । हाल यो भिमदुला खार्पुनाथ गाउँपालिका र खर्केगाड गाउँपालिकाको बीचमा रहेको छ ।

यो हिमाल परापूर्वकालमा ऋषि महर्षिहरुको तपोभूमि भए पनि यहाँ नयाँ बस्ती गर्ने जातीय समुदायका कारण यहाँको इतिहास र जानकारी लोप भएको सर्केगाड गाउँपालिका राहदेउ गाउँका स्थानीय डा दीपेन्द्र रोकायाको मत रहेको छ ।

यसको काखैमा रहेको दुधेदह र विभिन्न जडिबुटीहरुको खानी भएकाले पनि यहाँ एक पटक पुग्ने पर्ने ऐतिहासिक र धार्मिक स्थल भएको खार्पुनाथ गाउँपालिका दुर्पा गाउँका स्थानीय धनबहादुर ऐडीलेजानकारी दिनुभयो ।

लामो समयको लकडाउनका कारण पनि स्थानीय, कर्मचारी, शिक्षक र अन्यहरु यहाँ पटकपटक जाने गरेका छन् । यो स्थान हुम्लाको एक सामाजिक तथा सांस्कृतिक महत्व रहेको एक महत्वपूर्ण पर्यटन स्थल पनि हो । यसको बारेमा ब्यापक रुपमा प्रचार प्रसार हुनुका साथै अत्यावश्यक भौतिक प्रर्वाधारको पनि खाँचो रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका