पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी • Nepal's Trusted Digital Newspaperपोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी

  • आइतवार, पुस २६, २०७७
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी

पाेखरा, २६ पुस । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी हुनुभएको छ । कोइरालाले १ हजार ३ सय ७५ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिष्पर्धी विन्दु कोइरालाले ९ सय ६५ मत प्राप्त गर्नुभएको हो ।

त्यस्तै नारायण कोइराला प्यानलबाट महासचिव पदमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशव बहादुर खत्री विजयी हुनुभएकाे छ । त्यस्तै संघको वाणिज्य अन्तर्गत उपाध्यक्षतर्फ अर्जुन पोखरेल विजयी हुनुभएकाे छ।

संघको सदस्य पदमा नारायण कोइराला प्यानल तर्फबाट उत्तममान बुद्धाचार्य, कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, देवेन्द्र केसी, पवित्रादेवी गुरुङ, भरत केसी, शोभा गौतम, सुदनबाहदुर कोइराला, सुदीप प्रधानांग तथा हरिराज पन्त विजयी हुनुभएकाे छ। स्वतन्त्र प्यालनबाट पवित्रादेवी गुरुङ सदस्यमा विजयी हुनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका