पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा पाेखरेल र महासचिबमा बिजुक्छे विजयी • Nepal's Trusted Digital Newspaperपोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा पाेखरेल र महासचिबमा बिजुक्छे विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा पाेखरेल र महासचिबमा बिजुक्छे विजयी

पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा पाेखरेल र महासचिबमा बिजुक्छे विजयी

  • आइतवार, पुस २६, २०७७
पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा पाेखरेल र महासचिबमा बिजुक्छे विजयी

पोखरा, २६ पुस । पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा अर्जुन पोखरेल बिजयी भएका छन् । उनले सुवेदी प्यानलबाट वर्तमान कार्यकारिणी सदस्य सोवित पौडेल उमेदवारलाई हराउदै विजयी भएका हुन् । कोईराला प्यानलबाट विजयी पाेखरेल संघकाे वर्तमान महासचिव हुन् ।

संघको महासचिवमा कोईराला प्यानलबाट वर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे बिजयी भएका छन् । उनले सुवेदी प्यानलबाट धनीराम बराललाई हराएका हुन् । त्यसै गरी कोषाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान सदस्य बलराम आचार्य विजयी भएका छन् । उनले सुवेदी प्यानलबाट वर्तमान सदस्य तारानाथ ढुंगाना हराए । उपमहासचिब पदमा नारायण कोइराला प्यानलका केशबबहादुर खत्री विजयी भएका छन् ।

उनले विन्दु सुवेदी प्यानलका गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौलालाई हराएका हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका