‘तपाईंहरको जन्म ओली र प्रचण्ड–माधवका लागि भएको हैन्, विवेक पुर्‍याउनुहोस्,:-योगेश भट्टराई • Nepal's Trusted Digital Newspaper‘तपाईंहरको जन्म ओली र प्रचण्ड–माधवका लागि भएको हैन्, विवेक पुर्‍याउनुहोस्,:-योगेश भट्टराई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘तपाईंहरको जन्म ओली र प्रचण्ड–माधवका लागि भएको हैन्, विवेक पुर्‍याउनुहोस्,:-योगेश भट्टराई

‘तपाईंहरको जन्म ओली र प्रचण्ड–माधवका लागि भएको हैन्, विवेक पुर्‍याउनुहोस्,:-योगेश भट्टराई

  • आइतवार, पुस २६, २०७७
‘तपाईंहरको जन्म ओली र प्रचण्ड–माधवका लागि भएको हैन्, विवेक पुर्‍याउनुहोस्,:-योगेश भट्टराई

सुर्खेत, २६ पुस । नेकपा प्रचण्ड – नेपाल समूहका नेता तथा पुर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो व्यक्तिगत स्वार्थको लागि कम्युनिष्ट आन्दोलनलाई नै विभाजन गरेको आरोप लगाउनुभएकाे छ ।

सुर्खेतको विरेन्द्रनगरमा आज आयोजित प्रचण्ड नेपाल समूहको भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले यस्तो प्रतिक्रिया दिनुभएकाे हाे ।

सभालाई सम्बोधन गर्दै नेता भट्टराईले ओलीलाई स्मरण गर्न आग्रह गर्दै हिजो केशरजंग रायमाझीले गद्दारी गर्दा कम्युनिस्ट आन्दोलन झनै एकताबद्ध भएको थियो । त्यसैले समय नबित्दै ओलीले आफ्नो गल्ती महसुस गरेर पार्टी एकतामा फर्कन आग्रह समेत गर्नुभएकाे छ ।

यदि समय नबित्दै आए ओलीले सुर्य चिन्हबाट चुनाव लड्न पाउँछन् । निवार्चन आयोगले आफुलाई आधिकारीक दिनेमा पनि नेता भट्टराईले विश्वस्त रहेको जानकारी दिनुभएकाे छ ।

यूवाहरुको भेलालाई सम्बोधन गर्ने क्रममा भट्टराईले यूवाहरुलाई आग्रह गर्दै ‘तपाईंहरको जन्म ओली र प्रचण्ड–माधवका लागि भएको हैन्, विवेक पुर्‍याउनुहोस्, सही गलत छुट्याउनुहोस्,’ उहाँले भन्नुभयाे, ‘तपाईंको नेताले गद्दारी गर्छ ?, त्यसैलाई जिन्दावाद भन्दै हिड्ने तपाईं कस्तो युवा ?’ भन्दै प्रश्न गर्नुभएकाे छ ।

चुनाव हुँदैन लेखेर राख्नुहोस् चुनाव भएन भने, प्रतिनिधिसभा र संविधान असफल भयो भने, मुलुकलाई विखण्डन गर्न चाहाने, संघीयता विरोधी शक्तिहरु सल्बलाउँछन् र मुलुकलाई ठूलो यूद्धमा धकेल्ने कू चेष्टा हुनसक्छ ’ नेता भट्टराईले भने ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका