फेसबुकमा गुडबाई लेखेर आत्महत्या गरे लण्डनमा बस्दै आएका गायक बद्री केसी | Samacharpati फेसबुकमा गुडबाई लेखेर आत्महत्या गरे लण्डनमा बस्दै आएका गायक बद्री केसी – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • फेसबुकमा गुडबाई लेखेर आत्महत्या गरे लण्डनमा बस्दै आएका गायक बद्री केसी

फेसबुकमा गुडबाई लेखेर आत्महत्या गरे लण्डनमा बस्दै आएका गायक बद्री केसी

फेसबुकमा गुडबाई लेखेर आत्महत्या गरे लण्डनमा बस्दै आएका गायक बद्री केसी

काठमाडौँ, २६ पुस । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आउनुभएका गायक बद्री केसी मृत अवस्थामा  भेटिनुभएकाे छ ।

शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेख्नुभएकाे केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिनुभएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनुभयो ।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आउनुभएको थियो । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्कनुभएका केसी पुनः बेलायत फर्किनुभएको थियो ।

लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आउनुभएका केसी लण्डनको चिरपरिचित गायक हुनुहुन्थ्यो । उहाँ पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्नुहुन्थ्यो भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आउनुभएको थियो । आत्महत्या को कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।

शुक्रबार बिहान एघार बजे घरबाट निस्किनुभएका उहाँको फेसबुक स्टाटस देखेपछि सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । बेलुका अबेरसम्म खोजी गर्दा पनि उहाँ भेटिनुभएकाे थिएन।

आत्महत्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसा समेत परिवारका सदस्यलाई ट्रान्सफर गरेको पाइएको छ । केसीको आत्महत्याको कारण स्पष्ट भइसकेको छैन ।

आजको ट्रेन्डिङ समाचार